मंसिर ०७, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको बाराहापोखरी गाउँपालिकामा भव्य सास्कृतिक महोत्सव सम्पन्न भएको छ । बाराहापोखरी गाउँपालिकाको आयोजना र खोटाङ कलाकार समाजको सहआयोजनामा मंसिर ६ गते हरिवोधिनी एकादशीको अवसर पारेर वाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा आकर्षक साँस्कृतिक महोत्सव सम्पन्न भएको हो ।
पूर्वी पहाडमै धार्मिक तथा प्राकृतिक महत्व बोकेको प्रशिद्ध बाराहापोखरी ताल नजिक सम्पन्न भएको साँस्कृतिक महोत्सवमा राष्ट्रका ख्यातिप्राप्त कलाकार एवं संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई लगायत अन्य प्रशिद्ध कलाकारहरुको गीत÷संगीतको प्रस्तुतिका साथ प्रशिद्ध हाँस्य कलाकार सुवोध गौतमको हाँस्य कला प्रदर्शनी भएको थियो । महोत्सवमा राती २ वजेसम्म स्थानीय साँस्कृतिक झाँकीका साथ विभिन्न धामी झाँक्रीहरुको रोमान्चक प्रदर्शनी प्रस्तुत भएको थियो ।
यस्ता महोत्सवले बाराहापोखरीको धार्मिक एवं पर्यटकीय विकासमा प्रशार प्रसार भै टेवा पुग्ने र स्थानीय साँस्कृतिक पहिचानको प्रवद्र्धन हुने वडा नं. १ वाराहापोखरीका अध्यक्ष ढकबहादुर कार्की बताउनुहुन्छ ।
पालिका अध्यक्ष शालिकराम बन्जाराको अध्यतामा महोत्सवको उद्धघाटन प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान