श्रावण ०४, २०८२ , Khotang
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल
हलेसीन्युजडेस्क, खोटाङ/
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई बाँस र परम्परागत सामग्रीको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारलाई दवाव सिर्जना गर्न काठमाडौं प्रस्थान गर्नुभएको छ । बाँस र बाँसजन्य सामग्रीलाई राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने मागसहित उहाँले साउन ११ गतेदेखि माइतीघर मण्डलामा भोक हड्ताल सुरु गर्ने घोषणा गर्नुभएको छ ।
नगर प्रमुख भट्टराई आइतबार बिहान बाँस, गुन्द्री, राडी लगायत परम्परागत सामग्री बोकेर काठमाडौंतर्फ हिँड्नुभएको हो । उहाँले नेपालमा प्रशस्त मात्रामा पाइने बाँसको उपयोगमार्फत स्थानीय उत्पादन, रोजगारी र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्न सकिने बताउँदै संघीय सरकारलाई नीतिगत निर्णय लिन आग्रह गर्नुभएको छ । “जताततै पाइने बाँसलाई उपयोग गरेर आर्थिक आम्दानी लिने वातावरण बनाउनुपर्ने बेला भएको छ,” उहाँले भन्नुभयो, “तर अहिलेसम्म त्यसतर्फ गम्भीर ध्यान नदिएको कारण हामी बाध्य भएर सत्याग्रहमा उत्रिन लागेका हौँ ।”
तीन दिनसम्मको भोक हड्तालबाट पनि सरकार मौन बस्यो भने उहाँले साउन १४ गतेदेखि आमरण अनशन सुरु गर्ने चेतावनीसमेत दिनुभएको छ । भोक हड्ताल साउन ११ देखि १३ गतेसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने जानकारी गराइएको छ ।
बाँसजन्य सामाग्रीहरुको प्रवद्र्धन गर्दै स्थानीय श्रोत साधानहरुको उपयोगबाट आर्थिक समृद्धि गर्ने उद्धेश्यले नगरप्रमसख भट्टराई आफू निर्वाचित भएदेखि नै बाँसबाट निर्मित सामाग्रीहरुको प्रयोगलाई प्राथमिकता दिैदै आइरहनुभएको छ । आफ्नो कार्यकक्षमा प्रयोग हुने फर्निचर लगायत सामाग्रीहरु समेत बासबाट निर्माण गरिएको छ । सरकारको नीति नियम बन्न नसक्दा बाँस जन्य उध्योग तथा बाँसको प्रयोगमा समेत उचित नम्र्सको आधारमा मूल्य निर्धारण नहुदा व्यवहारिक समस्या आइपरेको भन्दै नगरप्रमुख भट्टराई यस सम्बन्धमा ठोस नीति नियम तर्जुमा गर्न सरकारलाई दवाव सिर्जनाका लागि आमरण अनसन समेत बस्ने तयारीका साथ काठमाण्डौ लाग्नुभएको बताइन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !