असार १४, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.७ दोर्पा चिउरीडाँडास्थित विध्योदय माविको हातामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वडा नं.७ वडा कार्यालयबाट उपलव्ध गराइएका कफी, धुपि लगायत विभिन्न प्रजातिका विरुवाहरु विध्योदय मावि अन्तर्गत युवा रेडक्रस सर्कलको आयोजनामा आषाढ १३ गते विहीवार विध्यालय हाताभित्र वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष शहरमान राई, सदस्य पदम हिङमाङ, प्रधानाध्यापक पेशल आचार्य, शिक्षक तथा विध्यार्थीहरु सहभागी हुनुहुन्थ्यो ।
यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कृषि शाखा द्धारा उपलव्ध गराईका १५० वटा कफीका विरुवा र डिभिजन वन कार्यालय खोटाङबाट उपलव्ध गराइएका विभिन्न प्रजातिका २५० वटा विरुवाहरु सोही दिन वडा नं. ७ वडा कार्यालयको परिसर, विध्योदय मावि परिसर, स्वास्थ चौकी भवनको हातामा रोपिएको जनाइएको छ । रोपिएका विरुवाहरुलाई बाँसको प्रयोग गरी घेरावारा लगाएर संरक्षण गरिएको जनाइएको छ ।
वडा नं. ७ वडा कार्यालयको समन्वयमा वडाध्यक्ष हरिप्रसाद चौलागाई, वडा सदस्यहरु, विध्योदय माविका व्यवस्थापन समिति अध्यक्ष शहरमान राई, मावि का शिक्षक, विध्यार्थीहरु, वालवालिका अधारभूत विध्यालय कर्कले, जनता आधारभूत विध्यालय दुम्लि, जाल्पा आधारभूत विध्यालय तमाहाका शिक्षक विध्यार्थीहरु, वडा कार्यालयका कर्मचारीहरु, स्थानीयवासी लगायतको सहभागितामा वृक्षारोपण गरिएको स्थानीय पदम हिङमाङले हलेसी एफएमलाई जानकारी दिनुभयो ।
सबै विध्यालयहरुका शिक्षक विध्यार्थीहरुद्धारा वडा कार्यालयबाट विरुवा लगी आ–आफ्ना विध्यालय परिसरमा समेत वृक्षारोपण गरिएको वडाध्यक्ष चौलागाईले बताउनुभयो ।
अध्यक्ष चौलागाईका अनुसार रोपिएका सबै विरुवाहरु विश्व वातावरण दिवसका अवसरमा जुन ५ मा (जेष्ठ २३ गते) प्राप्त भए पनि सबैको अनुकूलतामा विहीवार वृक्षारोपण गरिएको हो । त्यतिन्जेल विरुवाहरुलाई वडा कार्यालयले सुरक्षित वातावरणमा राखिएको बताइन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान