भदौ २२, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय क्यारामबोर्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । नजिकिरहेको महत्वपूर्ण पर्व विजया दशमी—२०८२ को अवसरमा जिल्लाका युवाहरूलाई खेलकुदतर्फ प्रेरित गर्ने उद्देश्यले न्यू जेनेरेशन युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता दिक्तेलस्थित माटिकोरे कभर्डहलमा असोज ४ गते विहान १० बजेबाट सुरु हुने आयोजकले जनाएकोे छ ।
प्रतियोगिता जिल्लाभरिका क्यारामबोर्ड प्रेमीहरूलाई लक्षित गरी आयोजना गरिएको न्यू जेनेरेशन युवा क्लबका अध्यक्ष जमान सिं तामाङले हलेसी एफ एमलाइ जानकारी दिनुभएको छ । जिल्लामा पहिलोपटक औपचारिक रूपमा सञ्चालन हुन लागेको क्यारेमबोर्ड प्रतियोगितले खेल क्षेत्रमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको क्लबका सचिव दिपेश हिङमाङले बताउनु भयो ।
प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले रु.३ हजार दर्ता शुल्क बुझाउनुपर्नेछ । प्रतियोगिता खुला रूपमा सञ्चालन गरिने भएकाले जिल्लाका कुनै पनि स्थानका इच्छुक खेलाडीहरूले सहभागिता जनाउन सक्ने जनाइएको छ ।
आयोजकका अनुसार, प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने खेलाडीलाई नगद रु.४० हजार, दोस्रो हुनेलाई रु.२० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई रु.१० हजार नगद पुरस्कारका साथ सबै विजेताहरुलाई कप तथा प्रमाणपत्र प्रदान गरिने छ, ।
स्थानीय युवा तथा खेलप्रेमीहरूमा प्रतियोगिता प्रति उत्साह देखिएको आयोजकको कथन छ । स्थानीय सामुदायिक रेडियो हलेसी एफ एमबाट समेत सबै खेलाडीहरुलाई सूचना सम्प्रेषण होस भन्ने ध्येयले प्रतियोगिताको सूचना प्रसारण भइरहेको छ । क्लबले प्रतियोगितालाई सफल बनाउनको लागि विभिन्न स्थानीय संघ-संस्था तथा व्यवसायीहरूसँग समन्वय गरिरहेको बताइन्छ।
यस किसिमको प्रतियोगिता जिल्लामा पहिलो पटक आयोजना हुन लागेको हुँदा यसले क्यारामबोर्ड जस्तो इनडोर गेमलाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । साथै, खेलाडीहरूलाई आफ्ना सीप प्रस्तुत गर्ने राम्रो अवसर समेत प्राप्त हुने आयोजकको विश्वास रहेको बताइन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान