श्रावण ३०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा नेपाली कांग्रेसको आन्तरिक विशेष अभियान सम्पन्न भएको छ । नेपाली कांग्रेस केन्द्रिय समितिको शेड्युल अनुसार पहिलो चरणको कार्यक्रम अन्तर्गत साउन २० देखि ३० गतेसम्म ७७ जिल्लामा तोकिएको विशेष आन्तरिक अभियान खोटाङमा केन्द्रिय प्रतिनिधि यामबहादुर गुरुङको प्रमुख आतिथ्यतामा आज वीपी स्मृति भवन दिक्तेलमा सम्पन्न भएको हो ।
केन्द्रिय कार्यालयले कांग्रेस केन्द्रिय नेतृ गोमा भट्टराईलाई खोटाङका लागि केन्द्रिय प्रतिनिधि तोकेको भएपनि उहाँको आफ्नी भाउजुको दुखद निधनका कारण निर्धारित समयमा उहाँको उपस्थिति सम्भव नभएपछि कांग्रेस नेता यामबहादुर गुरुङ केन्द्रिय प्रतिनिधिका रुपमा आज विहान खोटाङ आइपुग्नुभएको जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो ।
प्रमुख अतिथिका रुपमा बोल्दै केन्द्रिय प्रतिनिधि गुरुङले पार्टीको महत्वपूर्ण जिम्मेवारी वोकेर खोटाङ आउने अवसर प्राप्त भएकोमा आफू हर्षित भएको बताउनुभयो । उहाँले अब केन्द्रको छहारीमा खोटाङ र आफ्नो जिल्ला लमजुङवीच सांगठानिक र भावनात्मक सम्बन्ध गाँसिएको उल्लेख गर्नुभयो । पार्टीले ७७ जिल्लामा आन्तरिक विशेष अभियान सञ्चालन गरेर प्रत्येक जिल्लाको वास्तविक सांगठानिक अवस्था बुझ्ने र भएको कमि कमजोरीलाई सुधार्ने उद्धेश्य राखेको उहाँको कथन थियो ।
कार्यक्रममा खोटाङ कांग्रेसका तर्फबाट भातृ संस्थाहरुमा मनोनित केन्दिय सदस्य, प्रदेश सदस्यहरुलाई खादा ओढाएर सम्मान प्रकट गरिएको थियो ।
आजै कांग्रेसका नेता विष्णुराज राईलाई नेपाली कांग्रेस जिल्ला कार्य समितिमा मनोनित गरिएको थियो ।
कार्यक्रममा उपसभापति तीर्थराज भट्टराई, उपसभापति इवन राई, महाधिवेशन प्रतिनिधि सुमनवावु आचार्य, वरिष्ठ पत्रकार कृष्ण आचार्य, तरुणदल केन्द्रिय सदस्य तथा नेता रोजन राई, जिल्ला सदस्य विष्णुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समिति सभापति प्रकाश श्रेष्ठ रावावेशी गाउँ कार्य पालिका सभापति फटिककुमार श्रेष्ठ, नेवि संघ केन्द्रिय सदस्य राजकुमार बस्नेत, प्रदेश प्रतिनिधि अन्जना बस्नेत लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
जिल्ला सभापति विष्णुकुमार राईको सभापतित्वमा सम्पन्न नेपाली कांग्रेस खोटाङको आन्तरिक विशेष अभियानको सञ्चालन सचिव ज्ञानेन्द्र जोशीले गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान