आश्विन २१, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका स्व. अटलमान राई र स्व. सप्तहिरा राईकी बुहारी तथा पुष्टराज राईकी धर्मपत्नि नैनकुमारी राईको २०८१ बैशाख २९ गते स्वर्गारोहण भएकाले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै निज स्व. नैनकुमारी राईको स्मृतिमा नगरपालिका अन्तर वडास्तरीय खुल्ला भलिवल तथा लोक साँस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम सञ्चालन गरिने खेल संयोजक उद्दव राईले हलेसी एफएमलाई जानकारी दिनुभएको छ ।
यो वर्षको वडा दशैको समापन तथा शुभदिपावलीको आगमनको अवसर पारेर कात्तिक ९ गते देखि शुरु गरिने भलिवल तथा लोक साँस्कृतिक नृत्य प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१३ नुनथलाको साविक वडा नं.६ खाम्लास्थित पञ्चकन्या आधारभूत विद्यालयको प्राङ्गणमा हुने जनाइएकोछ ।
खेलसंयोजक राईका अनुसार पुरुष भलिबल प्रतियोगिता अन्तर्राष्ट्रिय नियमअनुसार (नकआउट प्रणालीमा) खेलाइनेछ । खेलमा कम्तीमा ३ वैकल्पिक खेलाडी सहित ९ खेलाडी सहभागी हुनुपर्ने, अनिवार्य टिम प्रशिक्षक र १ टिम व्यवस्थापक हुनुपर्ने, खेलाडीहरू एकै वडाको हुनुपर्ने, बसाईसराईलाई सिधै मान्यता नदिइने, खेलमा कुनै विवाद उत्पन्न भएमा रेफ्री र खेल समितिको निर्णय अन्तिम हुने, गाँसवासको व्यवस्था आफैले गर्नुपर्ने, खेल पोशाक जर्सी अनिवार्य लगाईनुपर्ने खुलासा गरिएको छ । भलिवल खेलमा सहभागी हुन चाहने खेलाडिहरुले आगामी कार्त्तिक ४ गते बेलुकी ७.०० बजेसम्म टिम दर्ता गरिसक्नु पर्ने जनाइएकोछ । खेल शुरु हुनु अगाडि खेलाडीको परिचय खुल्ने कागजात अथवा स्थायी नागरिक्ता प्रमाणपत्रको प्रतिलिपि उपलव्ध गराउनु भनिएको छ । आयोजकका अनुसार टिम दर्ता शुल्क रु १ हजार पाँचसय पाँच लाग्नेछ ।
खेलाडीले अनुशासन तथा खेलको नियम उलंघन गरेमा त्यस्ता खेलाडीलाई खेलबाट निष्कासन गरिनेछ । भलिबल प्रतियोगिताका प्रथम, द्धितीय र तृतिय हुने बिजेताहरुलार्ई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडी, च्याम्पियन खेलाडी र अनुशासित खेलाडीलाइ जनही रु २÷२ हजारको साथमा प्रमाण पत्र प्रदान गरिने जनाइएकोछ ।
यस्तै लोक साँस्कृतिक नृत्य प्रतियोगितातर्फ एक समूहमा ६ जनादेखि बढिमा १० जनासम्म सहभागी हुन पाउनेछन् । प्रस्तुतिका लागि कम्तिमा ५ देखि ७ मिनेटसम्मको समय उपलव्ध हुनेछ भने गीत आफैले उपलब्ध गराउनुपर्ने जनाउ दिइएको छ ।
नृत्य प्रतियोगिता तर्फ प्रथम, द्धितीय र तृतिय हुने बिजेताहरुलार्ई क्रमश रु १० हजार, रु ८ हजार र रु ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने छ ।
(थप जानकारीका लागि
—भिमचन्द्र राई (मो.नं.-९७६२२२१६६९)
—सिताराम राई (मो.नं.-९८२१७९३३१८)
—विक्रम राई (मो.नं.-९७६७२०३५७०)
—रविन राई (मो.नं.-९७६५२५५१७९)
र, खेल संयोजकः उद्दव राई (मो.नं.-९८५२८४९४०४) मा सम्पर्क गर्नु सकिनेछ ।)
[यो पनि-टेम्मा, काहुलेमा साविक वडास्तरीय भलिवल प्रतियोगिता हुँदै }
हलेसीन्युजडेस्क,खोटाङ/ जेठ २५, सोमवार । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४...
हलेसीन्युजडेस्क, खोटाङ / जेष्ठ १६, शनिवार । नेपाली कांग्रेसले देशव्यापि...
“योगश्चित्तवृत्तिनिरोधः”(योगसूत्र) अर्थात् योग भनेको चित्तका चञ्चल वृत्तिहरूलाई रोक्नु हो ।...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख २१, सोमवार /सुनसरीको तरहरामा आयोजित दोस्रो...
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
----सुमित्रा थामी ‘अविरल’ सीमाना पारि उभिएर मेरो आँखामा दार्जिलिङ कुहिरोले...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान