आश्विन ०४, २०८० , Diprungchuichumma RUM
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाले ४४औँ राष्ट्रिय शिक्षा दिवस भव्य समारोहका वीच मनाएको छ । गाउपालिका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षता, संविधान सभा सदस्य एवं प्रतिनिधि सभाका पूर्व सदस्य तथा एमालेका पोलिटव्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यता, जिल्ला विकास समितिका पूर्व सभापति, नेपाली कांग्रेसका सभापति विष्णुकुमार राईको विशिष्ट आतिथ्यतामा अशोज २ गते पालिकाको प्रांगणमा ४४ औँ राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रमका वीच मनाइएको हो ।
‘
समावेशी र सीपमूलक शिक्षा, स्वेदशमै युवा राष्ट्रको इच्छा’ लेखिएको उद्घाटन व्यानर प्रमुख अतिथि भट्टराईले वाचन गर्नुका साथै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा विशेष अतिथिहरुले पानसमा वत्ति वालेर कार्यक्रमको सामुहिक उद्घाटन गर्नुभएको थियो ।
शिक्षा दिवसका अवसरमा पालिकाभरिका ४९ सामुदायिक माध्यामिक विध्यालयका विध्यार्थीहरुलाई सहभागी गराएर हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता, निवन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिताको आयोजना गरी त्यसमा प्रथम, द्धितिय, तृतीय, सान्त्वना पुरस्कार प्राप्त गर्ने विध्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि भट्टराईले २०३१ फागुण १२ देखि शिक्षा दिवस मनाउन शुरु भए पनि ०६२/६३ को आन्दोलन पछि भाद्र २३ गते मनाउन शुरु भयो । तर सबै विध्यार्थीहरुले आधारभूत शिक्षा निशुल्क पाउनुपर्ने ऐन पारित भएको दिन २०७५ अशोज २ गते भएकोले यो वर्षदेखि अशोज २ गते शिक्षा दिवस मनाउन शुरु भएको बताउनुभयो । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सबैले गुाणात्मक शिक्षा दुरदराजका विध्यार्थीहरुले पनि पाउन सक्ने वातावरण बनाउन शिक्षक, अभिभावक र विध्यार्थीहरुको उतिकै भूमिका रहने समेत बताउनुभयो । त्यस्तै शिक्षकहरुको शिक्षा विधेयक सम्बन्धि शुरु भएको राष्ट्रियआन्दोलनप्रति सरकार संवेदनशिल हुनुपर्ने तर शिक्षकहरुले आन्दोलन जारी राखे पनि विध्यालय ठप्प पार्न नहुने सल्लाह दिनु भयो ।
विशिष्ट अतिथि जिविसका पूर्व साभापिति तथा खोटाङ कांग्रेसका सभापति विष्णुकुमार राई, नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य एवं पूर्व सचिव केशवराज कार्की, एमाले प्रदेश कमिटि सचिवालय सदस्य इन्द्रप्रसाद दंगाल लगायतले शिक्षा दिवसका अवसरमा शुभकामना मन्तव्य दिनुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान