आश्विन ०४, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २८ दिने सुत्केरी महिला मिना खत्रीको घरमा टोलभरिका महिला दिदीबहिनीहरुले पोषिलो खाध्य सामाग्री सहित कोसेली लिएर भेटघाट कार्यक्रम गरेका छन् । स्थानीय मनकामना आमा समूहको अगुवाईमा गाउँका आमा दिदीबहिनीहरुले भाले, घ्यू, नवजात शिशुलाई कपडा, ज्वानो, चामल लगायत पोषिलो खाध्य सामग्री लिएर अशोज ३ गते विहीवार सुत्केरी मिनाको घरैमा पुगर भेटघाट कार्यक्रम गरिएको स्वयंसेविका सविता खत्रीले हलेसी एफ एमलार्ई जानकारी दिनुभयो ।
सुत्केरी आमाका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव पूर्ति गर्दै आमा र बच्चाको स्वास्थ्यका लागि सुत्केरीलाई पोषिला खानेकुरा लिएर भेट गर्ने चलन सुरु गरिएको मनकामना आमा समूहका अध्यक्ष मिना दाहाल खत्रीले बताउनु भयो । उहाँ भन्नुहुन्छ —‘आमा र बच्चाको पोषणको मात्रा पूरा गर्न सुत्केरी भेट कार्यक्रम सुरु गरिएको हो । गाउँमा यसको महत्व झनझन बढिरहेको छ । महिलाको समूह कोसेली बोकेर हल्लिखल्लि र हाँसखेल गर्दै भेट्न आउँदा सुत्केरी आमा र उनका परिवारमा थप उमंग जगाउने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य मिना कार्कीले बताउनुभयो ।
सुत्केरीलाई पोषणसम्बन्धि खानेकुरा खरिद गर्नका लागि वडा नं. ३ बाम्राङ वडा कार्यालयको तर्फबाट दुई हजार रुपैयाँ समेत दिने व्यवस्था गरिएको वडाध्यक्ष महेन्द्रबहादुर राईले बताउनु भयो ।
बाम्राङको चुप्ला टोलमा स्थानीय आमादिदी बहिनीहरुको सकृयतामा २०७५ सालमा मनकामना आमा समूहको स्थापना भएको थियो, जसमा १७ जना सदस्यहरु रहनु भएको छ ।
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान...
बाँदर आतंक न्युनिकरणका लागि रु.४५ लाख बजेट विनियोजन हलेसीन्युजडेस्क, खोटाङ...
९९ करोडभन्दा बढीको बजेट प्रस्तुतः बाँदर आतंक नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान