श्रावण ११, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाका दुर्ई नगरपालिका र आठ गाउँपालिकामा किसानहरुका करीब ६९९ वटा पशुचौपायाको लम्पी स्किन रोगबाट मृत्यु भैसकेको जनाइएको छ । प्रकोपका रूपमा फैलिइरहेको यो रोगका कारण जिल्लाभर गाई, गोरु, बाछाबाछी पशुचौपायाहरु ६९९ वटाको मृत्यु भैसकेको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङका पशु चिकित्सक डाः चन्द्रकिशोर यादवले जानकारी दिनु भएको हो ।
लम्पी स्किन रोग नियन्त्रण तथा उपचारका लागि स्थानीय तह गाउँपालिकामै पशु प्राविधिक खटाइएको पनि कार्यालय प्रमुख यादवको भनाइ छ । कार्यालयले बजेटको अभावका कारण सम्बन्धित स्थानीय तहलाई नै औषधि खरीद गरी उपचार गर्न पनि निर्देशन दिईएको उहाँले बताउनु भयो ।
कहाँ के कति पशुचौपाया मरे ?
हाल सम्म लम्पी स्किन रोगबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमा ५५ वटा हलेसी तुवाचुङ नगरपालिकामा २५ वटा, खोटेहाङ गाउँपालिकामा ४० वटा, दिप्रुङचुर्ईचुम्मा गाउँपालिकामा २७२ वटा पशुचौपायाको यो रोगका कारण मृत्यु भएको छ ।
यस्तै केपिलासगढी गाउँपालिकामा ४५ वटा, ऐँसलुखर्क गाउँपालिकामा ४५ वटा, बाराहापोखरी गाउँपालिकामा ७३ वटा, जन्तेढुङगा गाउँपालिकामा १६ वटा, रावाबेसी गाउँपालिकामा ७० वटा र साकेला गाउँपालिकामा ५८ वटा गाईभैंसी, गोरु, बाछाबाछीको मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र ,उदयपुरको सम्पर्क केन्द्र खोटाङको तथ्याङ्कमा उल्लेख छ ।
रोगको लक्षण
गाईगोरुमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने र ¥याल काढ्ने, अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखापर्छ ।
रोगका कारण
लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरूले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । वर्षामा बढी देखिने यो रोग रोगी पशुहरूको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट सर्ने गर्छ । संक्रमित गाईबस्तुको ओसार पसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पाइएको छ ।
रोग नियन्त्रणका उपायहरु
यो रोग निको हुन लामो समय लाग्ने र रोग निको भएका गाईहरूमा दूध उत्पादन समस्या भोग्नु परेको छ । त्यस्तै किसानले जैविक सुरक्षालाई विशेष ध्यान दिने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा जोड गर्नुपर्ने पशु चिकित्सक डाः चन्द्र किशोर यादवले जानकारी दिनु भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान