चैत्र २८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्लामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सहितको दुईदिने निःशुल्क आँखा शिविर शुरु भएको छ । जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आई हष्पिटल इटहरी–४ सुनसरीको संयुक्त आयोजनामा सदरमुकाम स्थित दिक्तेलवजारमा आज शुरु भै भोलिसम्म दुर्ईदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।
आज जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेलमा ११६ जना पुरुष तथा १५४ जना महिला गरि जम्मा २७० जना सेवाग्राहीको उपचार भएको छ, जसमा ३१ जनाको निःशुल्क मोतिबिन्दुको अप्रेशन गरिएको र बाँकीको आँखा जाँच तथा निःशुल्क औषधि वितरण गरिएको दृष्टि विशेषज्ञ राकेश थापाले जानकारी दिनुभएको छ । यो समाचार तयार हुँदा सम्म शिविरमा आँखाका विरामीहरुको जाँच तथा औषधि वितरणको काम भैरहेको अस्पताल श्रोतले जनाएको छ ।
आज विहान ९ः०० बजे देखि बेलुका ४ः०० बजे सम्म आँखा जाँच तथा निःशुल्क शल्यक्रिया शिविर संचालन गर्ने भनिए पनि विरामीको चापका कारण वेलुकी अवेरसम्म संचालन गरिएको बुझ्नमा आएको छ । निःशुल्क आँखा शिविर भोलि पनि हुने भएको हुँदा आँखाका रोगीहरूले भोलि पनि सहभागी हुन आयोजकले आग्रह गरेको छ ।
[ यो पनि-दिक्तेलमा चैत्र २८ र २९ गते निःशुल्क आँखा शिविर हुँदै }
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान