श्रावण ११, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गरि अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको प्रमुख आतिथ्यतामा साउन ११ गते शुक्रवार एक कार्यक्रमका वीचमा अस्थायी प्रहरी पोष्ट उद्धघाटन गरिएको हो ।
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै यहाँका नागरिकले शान्ति सुरक्षा महसुस गर्नुका साथै ग्रामिण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यून हुने विश्वास गरिएको वडाध्यक्ष र्ईख बहादुर रार्ईले बताउनु भएको छ । वडाध्यक्ष राई र स्थानीय भुवन रार्ईले ४ रोपनी जग्गा उपलब्ध गराएर अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।
प्रहरी चौकीका लागि आवश्यक पर्ने फर्निचर, बिजुली र खानेपानी वडा कार्यालयले उपलब्ध गराएको छ । अस्थायी प्रहरी पोष्ट खार्मीमा प्रहरी बरिष्ठ हवल्दारको नेतृत्वमा ६ जना प्रहरी जवानहरु खटाइने जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । दश स्थानीय तह रहेको खोटाङको खार्मीमा स्थापना गरेसँगै जिल्लामा ४१औँ अस्थायी प्रहरी पोष्ट पुगेको छ । अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि वडामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण हुने भन्दै स्थानीयवासीहरुले खुसी व्यक्त गरेका छन् ।
हलेसीन्युजडेस्क, खोटाङ । भाद्र १९, शुक्रवार-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क,खोटाङ भाद्र १८, विहीवार- खोटाङमा बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र ११, विहीवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
---------------तीर्थराज भट्टराई आदरणीय पार्टी सभापतिज्यू, जय नेपाल ! आज यो...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान