मंसिर १०, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
मंसिर १० / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आफ्ना योजना, कार्यक्रम, सेवा प्रवाह र कार्यसम्पादनको अवस्था सर्वसाधारण समक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी मंसिर १५ गते सार्वजनिक सुनुवाइ आयोजना गर्न लागेको छ । नगरपालिकाले जारी गरेको सूचनाअनुसार, सार्वजनिक सुनुवाइ कार्यक्रममा आव ०८१/०८२ र आव ०८२/०८३ को पहिलो त्रैमासिकमा नगर कार्यपालिकाका कार्यालय र वडा कार्यालयहरूबाट सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवाका उपलब्धि र प्रभावकारिताबारे जानकारी प्रस्तुत गरिने छ ।
नगर प्रमुख तीर्थराज भट्टराइका अनुसार, स्थानीय शासन सञ्चालन ऐन र सम्बन्धित कार्यविधि २०७७ बमोजिम हरेक वर्ष अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्नुपर्ने प्रावधान रहेको छ। यस वर्षको कार्यक्रम असोज ३१ गते राखिने तय भए पनि विशेष परिस्थितिका कारण स्थगित भएको थियो र अब पुनः मंसिर १५ गते आयोजना हुने भएको हो ।
नगरपालिका श्रोतका अनुसार सुनुवाइ कार्यक्रममा नगरले सम्पन्न गरेका विकास निर्माणका योजना, खर्च विवरण, सेवा प्रवाहका उपलब्धि तथा चुनौतीबारे स्पष्ट जानकारी दिइनेछ। साथै, सहभागी नागरिकले उठाएका प्रश्नहरूको जवाफ दिने, रचनात्मक सुझावहरू सङ्कलन गर्ने र नगरका कामकाजलाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
यस कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, विभिन्न शाखाका प्रमुख, स्थानीय सामाजिक संघ–संस्था, नागरिक समाज, पत्रकार र सर्वसाधारण नागरिकको सहभागिता रहनेछ । नगरपालिकाले सबै नागरिकलाई समयमै उपस्थित भई आफ्नो सुझाव, गुनासो र अभिप्राय राख्दै नगरको विकास र सेवा प्रवाहमा सक्रिय सहभागी हुन आह्वान गरेको छ ।
सार्वजनिक सुनुवाइ मंसिर १५ गते बिहान ११ बजे नगरपालिकाको कार्यालय अगाडिको खुला प्राङ्गणमा सुरु हुनेछ ।

–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान