आश्विन २९, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले आफ्नो गाउँ, टोल र बस्तीहरूमा आ–आफ्नो पहलबाट विकास निर्माणमा जुट्न नगरवासीहरूलाई आह्वान गर्नुभएको छ।
उहाँले बुधवार सामाजिक सञ्जालमार्फत “आफ्नो गाउँ आफैं बनाऔं – समृद्ध र सभ्य समाज बनाऔं” भन्ने सन्देश प्रकाशित गर्दै विगतका पुस्ताले श्रमदानमार्फत सडक, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी लगायतका पूर्वाधार निर्माण गरेको ऐतिहासिक योगदान स्मरण गर्नुभएको छ।
नगरप्रमुख भट्टराईका अनुसार पछिल्लो समयमा नगरभित्रका नागरिकहरू सामूहिक रूपमा सडक निर्माण, सरसफाइ, खानेपानी लगायतका काममा स्वेच्छिक रूपमा जुटिरहेका छन्। उहाँले कसैले प्रचारबिना कर्तव्यबोधका साथ काम गरिरहेको र कसैले सामाजिक सञ्जालमार्फत चेतना जगाउने काम गरिरहेको भन्दै सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ।
उहाँ अगाडि भन्नुहुन्छ — “जसले स्वयं सहभागी भएर पसिना बगाउँदै विकासमा योगदान पु¥याइरहनुभएको छ, ती सबैलाई हार्दिक धन्यवाद र सम्मान व्यक्त गर्दछु। देश–विदेशमा रहेर पनि विभिन्न माध्यमबाट समर्थन र सुझाव दिनुभएकालाई पनि धन्यवाद दिन चाहन्छु।”
नगरप्रमुख भट्टराईले नगर विकासका क्रममा प्राथमिकतामा केही उतारचढाव हुन सक्ने स्वीकार गर्दै निर्वाचनका क्रममा गरिएको सबै प्रतिबद्धता तुरुन्त पूरा हुन नसकेकोमा क्षमाप्रार्थी हुँदै नगरका स्रोत र साधन अनुसार क्रमशः पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
उहाँले थप भन्नुभयो — “हामीले गरेको काम हाम्रै लागि हो, अरूका लागि होइन। सबै मिलेर साझेदारी र हातेमालो गरौं।” उहाँले नगरवासीहरूबाट तिरेको कर पारदर्शी रूपमा खर्च भएको बताउँदै एक रुपैयाँ पनि आँखा छलेर वा मिलेमतो गरेर दुरुपयोग नगरिएको स्पष्ट पार्नुभयो।
भट्टराईले अनावश्यक राजनीतिकरण र सामाजिक सञ्जालमा भ्रम फैलाउने प्रवृत्तिबाट टाढा रहन आग्रह गर्दै सकारात्मक सोचसहित एकआपसमा सहकार्य गर्न अनुरोध गर्नुभएको छ। उहाँले भ्रष्टाचार र अनियमिततामुक्त शासनका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म ईमानदार जनप्रतिनिधि बन्ने दृढता व्यक्त गर्नुभएको छ।
उहाँ अन्तमा लेख्नुहुन्छ — “हामी सबै मिलेर सामूहिक ढंगले विकास निर्माणमा साझेदारी गरौं। नगरपालिकाको तर्फबाट सधैं सकारात्मक, सृजनात्मक र सहभागी कार्य गर्ने विश्वास दिलाउन चाहन्छु।”
हलेसीन्युजडेस्क, खोटाङ अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ / अशोज ११/ खोटाङको साकेला गाउँपालिकाले आउँदै गरेको...
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान