मंसिर १८, २०८२ , Khotang
हलेसीन्यूज डेस्क, खोटाङ –
मंसिर १८, बिहीबार / खोटाङको साकेला गाउँपालिका अध्यक्ष श्री रवि प्रकाश राईले अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउँदै समाजमा सम्मानपूर्वक जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यसहित वडा नं. ५ मात्तिमबिर्तामा हालै गठन भएको मिलिजुली समूहलाई रु. १५ हजार नगद सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

अध्यक्ष राईले मंसिर १७ गते (बुधबार) ३४औँ अपाङ्गता दिवसको अवसरमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रमअन्तर्गत सहायक सामग्री वितरणका क्रममा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त घोषणा गर्नुभएको हो । उहाँले आफूले पाउँदै आएको सेवासुविधाबाट उक्त रकम सहयोगस्वरूप प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा अध्यक्ष राईले यसअघि वडा नं. २ रतन्छा, वडा नं. ३ खिदिमा र वडा नं. ४ मात्तिममा गठन भएका मिलिजुली समूहलाई पनि प्रत्येक समूहलाई १५–१५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरिसकिएको जानकारी गराउनुभयो ।
समूहहरूले प्राप्त गर्ने रकम आफ्नै कोषमा राखी अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन, सीप विकास तथा आयआर्जन सुधारका लागि उपयोग गरिने समूहको योजनामा उल्लेख गरिएको छ ।
कार्यक्रममा अध्यक्ष राईले अपाङ्गता भएका नागरिकलाई लाठ्ठी (छडी), श्रवणयन्त्र, कुइनो–वैशाखी र ह्वीलचेयर लगायतका सहायक सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँका अनुसार गाउँपालिकाले अपाङ्गता भएका नागरिकका समस्या समाधानमा पूर्ण संवेदनशीलताका साथ काम गरिरहेको छ ।
“अपाङ्गता भएका नागरिकप्रतिको व्यवहार अब दया वा रहरको दृष्टिकोणबाट होइन, अधिकारमा आधारित समावेशी शासनतर्फ उन्मुख हुनुपर्छ,” अध्यक्ष राईले भन्नुभयो । उहाँका अनुसार राज्यका नीति–कार्यक्रमदेखि व्यवहारसम्म अपाङ्गता भएका व्यक्तिको मर्यादा, सम्मान र आत्मविश्वासलाई केन्द्रमा राख्न सके मात्र समाज सभ्य र संवेदनशील बन्छ ।
साकेला गाउँपालिकामा २०८० माघ १ गतेदेखि सामाजिक विकास मन्त्रालय (कोशी प्रदेश), साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रम २०८३ पुस मसान्तसम्म सञ्चालन हुनेछ भने त्यसपछि गाउँपालिकाले आफ्नै स्रोतमा निरन्तरता प्रदान गर्ने योजना अध्यक्ष राईले उल्लेख गर्नुभयो ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान