मंसिर ११, २०८२ , Khotang
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्र किशोर यादव सँग घरपालुवा पशु चौपायालाई लाग्ने रोग तथा उपचार विधि, पशु पालन व्यवसाय, पशुफार्म तथा पशुखोप अभियान लगायत यससँगै सम्बन्धित विविध विषयमा सामुदायिक रेडियो हलेसी एफएमका तर्फबाट रेडियोकर्मी सुनिल श्रेष्ठले गर्नुभएको कुराकानी प्रस्तुत छ....!
प्रश्न— हाल भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र खोटाङमा के–कस्ता मुख्य सेवा प्रदान गरिरहनुभएको छ ?
यादवः अहिले हामीले नियमित उपचार सेवा, खोप कार्यक्रम, पशु परजीवी नियन्त्रण, प्रजनन सेवा, पोषण व्यवस्थापनसम्बन्धी परामर्श, बिरामी पशुको फिल्ड–भिजिट तथा आकस्मिक सेवा जस्ता कार्य नियमित रूपमा सञ्चालन गरिरहेका छौँ ।
प्रश्न—जिल्लामा पछिल्लो समय देखिएको पशुजन्य रोगको अवस्थाबारे बताइदिनुहोस न !
यादवः खोटाङ जिल्लामा लम्पी स्किन रोगको अवस्था अहिले पहिलाको तुलना मा निकै कम भएको छ । गत वर्ष र यो वर्षको प्रारम्भमा लम्पीको संक्रमणले किसानलाई चिन्तित बनाएको थियो । तर सरकारले सञ्चालन गरेको खोप अभियान, किसानलाई दिइएको निरन्तर सचेतना, गोठ सरसफाइ सुधार, जैव–सुरक्षा अपनाउने बानी र नियमित स्वास्थ्य जाँचको कारण रोगको प्रकोप अहिले उल्लेखनीय रूपमा घटेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष लम्पी स्किन रोगका केसहरू धेरै कम भेटिएका छन्, अहिले केवल छिटफुट केस मात्र देखिन थालेका छन्, जसलाई पनि तत्काल उपचार र अनुगमन गरिएको छ ।
प्रश्न— किसानका लागि सञ्चालन भएका खोप कार्यक्रम कति प्रभावकारी भएको देख्नुभएको छ ?
यादवः खोप कार्यक्रम निकै प्रभावकारी भएको छ । किसानहरूको सहभागिता बढेको छ, जसले रोग नियन्त्रणमा सकारात्मक प्रभाव पारिरहेको छ ।
प्रश्न— फार्म स्थापना र व्यावसायिक पशुपालनतर्फ भइरहेको परिवर्तनलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
यादवः खोटाङमा व्यावसायिक दुग्ध, बाख्रा, च्याउ र कुखुरापालनतर्फ राम्रो रुचि बढेको छ । युवा किसानहरु विशेष सक्रिय हुँदै गएको देखिन्छ ।
प्रश्न—पशुपालन व्यवसायका लागि किसानले ध्यान दिनुपर्ने मुख्य ५ बुँदाहरु के–के हुन ?
यादवः समयमै खोप, उचित खोर व्यवस्थापन, पोषणयुक्त दाना, सरसफाइ, रोग देखिएपछि ढिलाइ नगरी पशु स्वास्थ्य कार्यालयमा सम्पर्क गर्नु पर्छ ।
प्रश्न—महिला तथा युवा उद्यमीका लागि केन्द्रले कस्ता सहयोग गरिरहेको छ ?
यादवः तालिम, परामर्श, व्यवसायिक योजना बनाउन सहयोग, अनुदानका बारेमा जानकारी र निरन्तर अनुगमन सेवा उपलब्ध गराइन्छ ।
प्रश्न—किसानहरुलाई प्रोत्साहन गर्ने खालका आगामी दिनमा केन्द्रले प्राथमिकतामा राखेका योजनाहरू के–के हुन ?
यदवः आधुनिक पशु उपचार सेवा, प्रयोगशाला क्षमता अभिवृद्धि, डिजिटल रेकर्ड सिस्टम र किसानमैत्री कार्यक्रम थप प्रभावकारी बनाउने लक्ष्य छ।
प्रश्न— ‘खोटाङमा व्यावसायिक पशुपालन विस्तार हुँदै गएको मान्न सकिन्छ’— यसलाई कसरी प्रष्ट्याउन सकिएला ?
यादवः पछिल्लो पाँच वर्षमा खोटाङमा दुग्ध उत्पादन, बाख्रापालन, कुखुरापालन, पालन, मौरीपालन तथा भेंडा–पालनमा उल्लेखनीय वृद्धि भएको छ । युवा उद्यमीको सहभागिता प्रशंसनीय छ । उनीहरू आधुनिक विधि सिकेर चुनौतिहरुलाई अवसरमा बदलिरहेका छन् । हामीले तालिम, परामर्श र अनुगमनमार्फत निरन्तर सहयोग गर्दै आएका छौँ ।
प्रश्न—खोटाङमा पशु–स्वास्थ्य सेवाको हालको अवस्थाबारे तपाईंको मूल्यांकन के छ ?
यादवः पछिल्ला वर्षहरूमा किसानको पशुपालनप्रतिको झुकाव उल्लेखनीय रूपमा बढेको छ । यससँगै पशु–स्वास्थ्य सेवाप्रतिको आवश्यकता पनि बढेको छ । हामीले नियमित उपचार सेवा, आकस्मिक सेवा, फिल्ड–भिजिट, खोप कार्यक्रम, प्रयोगशाला परीक्षण र परामर्श सेवा निरन्तर सञ्चालन गरिरहेका छौँ । यद्यपि दुर्गम तथा विकट गाउँहरूमा पुग्न अझै चुनौतीपूर्ण छ ।
प्रश्न—अन्तमा किसानहरूलाई तपाईमार्फत मुख्य सन्देश के दिन चाहनुहुन्छ ?
यादवः पशुपालन अब परम्परागत तरिकाले होइन, वैज्ञानिक विधिबाट गर्नुपर्छ । समयमै सेवा लिनुसक्नुपर्छ्, रोगको लक्षण देखिए तुरुन्त जानकारी दिनु जरुरी छ, र पशु–स्वास्थ्य नियम पालन गर्नु अनिवार्य छ ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान