आश्विन २९, २०८२ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ
अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको छ । असोज २८ गते (मंगलबार) नगर कार्यपालिकाको बैठकबाट पारित निर्णयहरू नगरप्रमुख तीर्थराज भट्टराईले सोही दिन नगरपालिका हलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गर्नुभएको हो ।
नगरप्रमुख भट्टराईले सो अवसरमा भदौ २३ र २४ गते जेनेजी आन्दोलनमा शहादत प्राप्त गर्नुभएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। उहाँले आन्दोलनका मागहरूको सम्मान गर्दै नगरपालिका र अन्तर्गतका सबै निकायहरूबाट हुने सेवा प्रवाह तथा कार्यसम्पादनमा सुधार गर्दै लैजाने प्रतिबद्धता पनि जनाउनुभयो ।
नगर कार्यपालिकाको निर्णय अनुसार, नेपाल सरकार (मन्त्रिपरिषद्) बाट असोज ५ गते जारी परिपत्रको आधारमा स्वीकृत दरबन्दी बाहेक अस्थायी रूपमा नियुक्त भएका सबै कर्मचारी र शिक्षकलाई हटाइने भएको छ। उहाँले भन्नुभयो—“अस्थायी रूपमा कार्यरत कर्मचारी र शिक्षकहरूको विवरण सङ्कलन सुरु गरिएको छ, र आगामी कात्तिक १ गतेबाट स–सम्मानपूर्वक बिदाइ गरिने निर्णय गरिएको छ ।”
बैठकले सार्वजनिक खरिदसम्बन्धी बैठक बाहेक अन्य सबै प्रकारका बैठक भत्ता हटाउने, नयाँ सवारीसाधन खरिद नगर्ने, बेरुजु फछ्र्यौट प्रक्रिया अगाडि बढाउने, निर्माण कार्यमा कन्टिन्जेन्सी रकमको सीमा तीन प्रतिशत कायम गर्ने, र नागरिकको आन्तरिक आम्दानी बढाउन पुराना घरहरूको अभिलेखीकरण गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, दिक्तेल बजारमा मापदण्ड विपरीत बनेका स्पिड ब्रेकरको सुधार र स्तरोन्नति गर्ने, विद्यालयहरूमा अक्षयकोष स्थापना तथा सञ्चालन कार्यविधि–२०८२ स्वीकृत गर्ने, र नगरभित्रका विद्यालयहरूमा शुद्ध खानेपानी फिल्टर जडान गरी विद्यार्थी तथा शिक्षकहरूलाई स्वच्छ पानी उपलब्ध गराउने निर्णय गरिएको छ ।
दिक्तेल बजारमा निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको भन्दै सोबारे कानूनी कारबाही प्रक्रिया अघि बढाइने निर्णय पनि गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो।
यस्तै, कार्यपालिका बैठकले सबै कार्यपालिका सदस्यहरूले आगामी कात्तिक २० गतेभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने निर्णय गरेको छ। साथै, पूर्व जनप्रतिनिधिहरूलाई समेत सम्पत्ति विवरण सार्वजनिक गर्न अनुरोध गरिएको छ। नगरपालिकाभित्र संघ, प्रदेश र अन्य कार्यालयहरूबाट विगत १० वर्षभित्र सञ्चालन भएका परियोजना, बजेट, कार्य विवरण र उपभोक्ता समितिहरूको विवरण सङ्कलन गर्ने निर्णय पनि गरिएको छ।
नगरप्रमुख भट्टराईले भन्नुभयो — “यस निर्णयले स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणमा नैतिक बल प्रदान गर्नेछ । यसले माथिल्ला तहका सरकारका जनप्रतिनिधिहरूलाई पनि सम्पत्ति विवरण सार्वजनिक गर्न प्रेरित गर्नेछ।”
नगर प्रमुखको कार्यकक्षमा सम्पन्न पत्रकार सम्मेलनमा नगर उपप्रमुख विशन राई, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू लगायतको उपस्थिती रहेको थियो ।
जेनेजी आन्दोलनपछि बसेको नगर कार्यपालिकाको महत्वपूर्ण बैठकबाट पारित नौ बुँदे निर्णयलाई नगरपालिकाले औपचारिक रूपमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
हलेसीन्युजडेस्क, खोटाङ / अशोज २९ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ / अशोज ११/ खोटाङको साकेला गाउँपालिकाले आउँदै गरेको...
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान