मंसिर ०७, २०८२ , खोटाङ
हलेसीन्यूजडेस्क, खोटाङ ।
मंसिर ७ / खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले देश वर्तमान जटिल राजनीतिक तथा सामाजिक अवस्थाबाट गुज्रिनुमा नेतृत्व तहमा रहेको स्वार्थकेन्द्रित सोच नै प्रमुख कारण भएको टिप्पणी गर्नुभएको छ । साकेला माध्यमिक विद्यालय, मात्तिमबिर्ताको ७१औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले देशको अवस्थाबारे गम्भिर चिन्ता व्यक्त गर्नुहुँदै वास्तविकता स्वीकारेर सुधारका कदम चाल्न सबै सम्बद्ध पक्षलाई आह्वान गर्नुभयो ।




“आजको जटिल अवस्था बाह्य कारणले मात्र सिर्जना भएको होइन, हाम्रो भित्र रोपिएको स्वार्थ–केन्द्रित मानसिकताले पनि देशलाई अस्थिर बनाएको हो,” अध्यक्ष राईले भन्नुभयो, “देशको हितभन्दा पार्टी र व्यक्तिगत लाभलाई ठूलो मान्ने प्रवृत्ति बढ्दै गएपछि राष्ट्र अपेक्षित गतिमा अगाडि बढ्न सकेको छैन।” उहाँले परिवर्तनका नारा धेरै उठे पनि व्यवहार र नेतृत्व शैलीमा रूपान्तरण आउन नसक्दा राष्ट्र पछाडि परिरहेको उल्लेख गर्नुभयो।
मंसिर ७ गते शनिवार आयोजना गरिएको वार्षिकोत्सव समारोहमा सारस्वती माध्यमिक विद्यालयद्वारा पहार ट्रष्ट नेपालको सहकार्यमा स्थापना गरिएको ‘सरस्वती पुस्तकालय’ का साथै अक्षयकोष छात्रवृत्ति वितरण कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
शिक्षालाई समृद्धिको जग र चेतनाको स्रोत भन्दै अध्यक्ष राईले अहिलेको शिक्षा प्रणालीमा गुणस्तरीय, व्यवहारिक र नैतिक शिक्षाको अनिवार्य आवश्यकता रहेकोमा जोड दिनुभयो। “नैतिकताको अभावमा प्राप्त भएको शिक्षा कुनै पनि व्यक्तिको चरित्र निर्माणमा असफल हुन्छ र समाजलाई सही दिशातर्फ डोर्याउन सक्दैन,” उहाँले बताउनुभयो। विद्यालय, अभिभावक र समाज सबैले मिलेर नैतिक मूल्यको आधार बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो ।
वार्षिकोत्सव कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा साकेला गाउँपालिकाकी पूर्व उपाध्यक्ष सरिता खड्का, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष जीवन खत्री, वडा नं. ३ का वडाध्यक्ष गोविन्द तामाङ, पहार ट्रष्ट नेपालका अध्यक्ष बिजुली बहादुर गुरुङ सहित स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता उल्लेख्य थियो । कार्यक्रमका क्रममा विद्यालयकी प्रधानाध्यापक सितल राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी, विद्यालयले वार्षिकोत्सवकै अवसरमा एकल नृत्य, म्युजिकल चेयर र इन–आउट जस्ता विद्यार्थी–केन्द्रित मनोरञ्जनात्मक प्रतियोगिताहरू आयोजना गरेको थियो। विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई मायाको चिनो तथा सहभागिताको कदरस्वरूप प्रमाणपत्र वितरण गरिएको प्रधानाध्यापक राईले जानकारी दिनुभयो ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान