पौष २५, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
पौष २५, शुक्रवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित सरस्वती आधारभूत विद्यालय पोखरीको विद्यालय व्यवस्थापन समितिको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।
विध्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयनसहित विद्यालयको समग्र शैक्षिक विकास, व्यवस्थापन सुदृढीकरण तथा आगामी योजनाहरू तय गर्ने उद्देश्यसहित आयोजित अधिवेशन विद्यालय परिसरमै सम्पन्न भएको हो । प्रत्येक तीन वर्षमा समिति चयन गर्ने विधानअनुसार भएको अधिवेशनमा विद्यालय परिवार, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीय समुदायका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
अधिवेशनको प्रारम्भमा विद्यालयको शैक्षिक अवस्था, विद्यार्थी संख्या, सिकाइ उपलब्धि, शिक्षक दरबन्दी, भौतिक संरचना तथा चुनौती र सम्भावनाबारे विस्तृत समीक्षा गरिएको थियो । सहभागीहरूले विद्यालयको गुणस्तरीय शिक्षामा अभिभावक र समुदायको सक्रिय भूमिका प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
अधिवेशनबाट लोकमाया थापा गिताको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित समितिमा रोहितकुमार सैँजु, केदार खत्री, दिपेन्द्र भट्टराई, सीता अधिकारी तथा अस्मिता विश्वकर्मा सदस्य रहेका छन् । त्यसैगरी पदेन सदस्यका रूपमा वडा शिक्षा संयोजक तथा वडा अध्यक्ष नवराज राई रहने भएका छन् भने शिक्षक प्रतिनिधिका रूपमा मिनबहादुर खत्री चयन भएका छन्। विद्यालयका प्रधानाध्यापक पुष्पलाल राई समितिको सदस्य–सचिवका रूपमा रहनेछन् ।
कार्यक्रममा बोल्ने वक्ताले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, बालमैत्री वातावरण निर्माण, नियमित अभिभावक–शिक्षक अन्तरक्रिया, अनुशासन र नैतिक शिक्षा प्रवद्र्धनका विषयमा जोड दिएका थिए। साथै, विद्यालयको भौतिक पूर्वाधार सुधार, कक्षाकोठा व्यवस्थापन, खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोर दिइयो ।
नवनिर्वाचित अध्यक्ष थापा गिताले विद्यालयको सर्वाङ्गीण विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकसित गर्ने लक्ष्य प्रस्तुत गरिन् ।
अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूले खुशी व्यक्त गर्दै नवगठित विद्यालय व्यवस्थापन समितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
स्थानीय समुदायले नयाँ समितिले विद्यालयको शैक्षिक स्तर उकास्न महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरेको छ ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष ११, शुक्रवार / प्लाष्टिकजन्य फोहोरका कारण...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान