मंसिर २३, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
मंसिर २३, मंगलवार / खोटाङको सदरमुकाम दिक्तेल बजारमा सञ्चालन गरिएको १० दिने मुढा निर्माण सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कालिका वडास्तरीय महिला समूह, दिक्तेलको पहल तथा टेवा नेपाल, ललितपुरको आर्थिक सहयोगमा सञ्चालन गरिएको १० दिने मुढा निर्माण सीप विकास तालिमको आज एक ओैपचारिक कार्यक्रमवीच समापन गरिएको हो ।



कालिका महिला समूहकी अध्यक्ष लोकमाया थापा (गीता) को अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राईको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा अध्यक्ष थापाले सिकाइलाई व्यवहारमा रुपान्तरण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “तालिम त सम्पन्न भयो, तर यसले मात्र तपाईंहरू सक्षम हुनुभएको हुँदैन। यहाँ सिक्नुभएको सीपलाई नियमित रूपमा प्रयोग गरी घर–परिवार तथा बजारका लागि आवश्यक सामग्री उत्पादन गर्न सक्नुभएमा मात्र तालिम सार्थक मानिनेछ। अहिले ४० वटा सामग्री प्राप्त भएकोमा २४ वटा मुढाको आकार बनिसकेको छ र १० वटा मुढा पूर्ण रुपमा तयार पनि भइसकेका छन्। यसको निरन्तरता दिन आवश्यक छ।”
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राईले महिलाहरूले सिप सिकेर स्वरोजगार बन्ने अवसर थपिने बताउनुभयो। उहाँका अनुसार, “स्थानीय स्रोत र कच्चा पदार्थको सदुपयोग गर्दै महिलाहरूले आर्थिक आयआर्जन गर्न सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। अब सिक्नुभएको सीपलाई आयमूलक उद्यममा रूपान्तरण गर्न पहल गर्नुपर्नेछ। वडा कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग पु¥याइरहनेछ।”
तालिममा सहभागी महिलाहरूले मुढा बनाउने सीप सिक्न पाएकोमा खुसी र कृतज्ञता व्यक्त गर्नुभयो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सदस्य तथा तालिममा सहभागी मिना कार्कीले भन्नुभयो—“पहिले मुढा कसरी बनाउने भन्ने थाहा थिएन। अहिले आधारदेखि अन्तिम रूप दिने सीप सिक्न पायौँ। भविष्यमा यही सीपले आय–आर्जनमा सहयोग पुग्ने विश्वास छ।”
उक्त तालिमले स्थानीय महिलाहरूमा आत्मविश्वास, सीप तथा उत्पादनशीलता वृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको समूहकी सचिव सावित्रा आचार्य ९घिमिरे० ले हलेसी एफएमलाई जानकारी दिनुभयो।
समापन समारोहमा उपस्थित सञ्चारकर्मीहरूलाई मुढा उपहार प्रदान गर्दै सम्मान पनि गरिएको थियो ।
देविस्थान एकता समाज, दिक्तेलको सभा हलमा सञ्चालन गरिएको तालिममा ११ जना स्थानीय महिलाहरूको सहभागिता रहेको थियो। समापन कार्यक्रममा सहभागीहरूको उपस्थितिलाई उत्साहपूर्ण र प्रेरणादायी मानिएको थियो।
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान