भदौ ३१, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीथराज भट्टराईले काठमाडौं महानगर पालिकाका नगर प्रमुख बालेन्द्र शाह र उपमहानगर पालिका धरानका नगरप्रमुख हर्क साम्पाङ राईवीच पछिल्लो समय देखिएको कटाक्ष र टिक्काटिप्पणीका कारण स्थानीय जनप्रतिनिधिहरुको शीर निहुरिने काम भएको भन्दै यस्तो नगर्न अनुरोध गर्नुभएको छ । मंगलवार (भाद्र३१ गते) आफ्नो सामाजिक सन्जालमार्फत नगरप्रमुख भट्टराईले काठमाण्डौ महानगरपालिकाका नगरप्रमुख शाह र धरान उपमहानगरपालिकाका नगरप्रमुख साम्पाङ राईलाई एक आपसमा कटाक्ष गरेर होईन, अपहेलित र अपमानित भएर होईन, हातेमालो गरेर अघि बढ्न, एकापसमा सम्मान र सद्भाव बाँड्दै सबै जनप्रतिनिधिको नमुना र उदाहरणीय जनप्रतिनिधि बन्न अनुरोध गर्दै अब आयन्दा यस्तो कटाक्ष र टिक्काटिप्पणी नगर्न सार्वजनिक अपिल गर्नुभएको हो ।
नगरप्रमुख साम्पाङ र नगरप्रमुख शाह
नगरप्रमुख भट्टराईले एकै समयमा निर्वाचित भएर आएका देशभरका प्रमुखहरूले आआफ्नो वुद्धि र विवेकले भ्याएसम्म नागरिकको हितमा काम गर्ने प्रयत्न गरिरहेको साथै जनमुखी र दीर्घकालीन काम गर्ने प्रयत्न भैरहेको भए पनि कानुन अनुसारको काम गर्दागर्दै विभिन्न पालिकामा भ्रष्टाचार, दुराचार र वेथिती बढेको सञ्चार माध्यममा असरल्ल फैलिरहेको उल्लेख गर्नुभएको छ् ।
केही जनप्रतिनिधीहरूले भ्रष्टाचारको आरोपमा कानुनी कारबाही भोगिरहेको छन् भने भविष्यमा दोषी ठहरिनेहरूले पनि कानुनी कठघरामा उभिनुपर्ने उहाँको कथन छ ।
नगरप्रमुख भट्टराईले भदौ २३/२४ गते जेन्जीले भ्रष्टाचारको विरोध गर्दै सुशासन, पारदर्शिता र सरकारद्धारा सामाजिक सञ्जाल बन्द गरिएकोमा त्यसको विरोध स्वरुप प्रदर्शन गरेको आन्दोलनसँगै तत्कालिन सत्तारूढ दलको बहिर्गमन र सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रियादेखि नै बालेन्द्र शाह र हर्क साम्पाङ राई वीच सामाजिक सञ्जाल मा अशोभनीय कटाक्ष र टिकाटिप्पणी शुरु हुनुले समग्र जनप्रतिनिधिको छवि र प्रतिष्ठामा असर पु-याएको भन्दै सच्चिन आग्रह गर्नु भएको छ ।
नगरप्रमुख भट्टराई लेख्नुहुन्छ-‘अहिले देश आहत भएकोछ । ७०–७५ जनाको दुःखद् निधन भएको छ । घाइते भएका कतिपय नागरिक मृत्यु र जीवनको दोसाँधमा कष्टपूर्ण ढंगले अस्पतालमा छटपटाई रहेका छन् । छोराछोरीको मृत्युवरणबाट आमा-वुवा वेहोसी अवस्थाबाट भर्खरै बौरिंदै हुनुहुन्छ । ७५३ वटा स्थानीय सरकारमा हामीसँगै एउटै समयमा निर्वाचित हुनुभएको नगर प्रमुख वालेन र हर्क भने सामाजिक संजालबाट भाले जुधाई खेलेर स्थानीय सरकारको गरिमालाई आँच पु-याई रहनु भएको छ । तपाईहरूलाई हामीले जनप्रतिनिधिको नमुना मेयर मानिरहेका छौं र भोलिका दिनमा पनि मान्नेनै छौं तर यस्तै अभिमान र अमर्यादित चरित्र प्रदर्शन गरिरहने हो भने हामीले त के नागरिकबाट समेत तिरस्कार हुने अवस्था आउने छ ।’
नगरप्रमुख भट्टराई लोकतन्त्रको सुन्दर पक्ष असहमतिलाई स्विकार्नु सक्नुपर्छ भन्दै हरेक विवादलाई छलफल र समिक्षा गरेर निकास निकाल्नु सुझाउनुहुन्छ । उहाँ दुवै नगरप्रमुखहरुलाई देशकै रोलमोडलको रूपमा सधैंभरी मान्ने वातावरण निर्माण गर्नु पनि सल्लाह दिनुहुन्छ ।
अहिले मुलुक जटिल मोडमा उभिएको, शहीद र घाइते परिवारका सदस्य पीडामा छट्पटाई रहनु भएको र अरबौं रूपैंयाका संरचना ध्वस्त भएको यो अवस्थामा नागरिकहरुको भरोसाको आधार नै हामी हौँ भन्नुहुँदै नगरप्रमुख भट्टराई लेख्नुहुन्छ-‘जिम्मेवार बनौं, हिलो छ्यापाछ्याप होइन, विश्वास र भरोसा पस्किऔं । निराशा होईन, आशा सजाऔं । आआफ्नो पालिकामा भएको स्थानीय उत्पादन र सामग्री गच्छे अनुसार योगदान गरि ध्वस्त संरचनाको पुनःनिर्माणमा योगदान गरौं । वालेन र हर्कजीसम्म यो मेरो अपील पु-याई सहजिकरण गर्दै आत्मावोध गराई दिनुहुन सम्पूर्ण संचार माध्यमलाई हार्दिक अनुरोध गर्दछु ।’
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान