मंसिर १०, २०८२ , Khotang
खोटाङ जिल्ला सदरमुकाम दिक्तेलवजारस्थित जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. सर्वेन्द्र प्रसाद यादवसँग यहाँबाट पुराउदै आईरहेको स्वास्थ्य सेवाका सम्बन्धमा सामुदायिक रेडियो हलेसी एफएमका तर्फबाट सुनिल श्रेष्ठले गर्नुभएको कुराकानी प्रस्तुत छ ––
प्रश्न –खोटाङ जिल्लामा अहिले आयुर्वेद सेवा कस्तो रूपमा विस्तार भइरहेको छ ?
डा. यादवः–जिल्लाभर आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच बढाउँदै लगिएको छ । अहिले जिल्ला आयुर्वेद कार्यालयमार्फत रोग निवारण, उपचार, औषधि वितरणदेखि स्वास्थ्य परामर्शसम्मका सेवा नियमितरूपमा प्रदान भइरहेका छन्। स्थानीय तहहरूसँग समन्वय गरेर सेवा विस्तारलाई अझ प्रभावकारी बनाइएको छ ।
प्रश्न –हाल कार्यालयमार्फत के–कस्ता कार्यक्रम सञ्चालनमा छन् ?
डा. यादवः–निःशुल्क आयुर्वेदिक उपचार, योग–प्रशिक्षण, आयुर्वेदिक औषधि वितरण, आयुर्वेदिक जनचेतना कार्यक्रम, विद्यालय र समुदायस्तरका स्वास्थ्य सुदृढीकरण अभियान जस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालनमा छन्। अनियमित जीवनशैली र खानपानका कारण देखापर्ने रोगहरू नियन्त्रण र रोकथाममा पनि कार्यालयले विशेष ध्यान दिएको छ ।
प्रश्न –खोटाङमा आयुर्वेदिक सेवाप्रति जनताको रुचि कस्तो छ ?
डा. यादवः–अहिले जनता आयुर्वेदप्रति धेरै आकर्षित भएका छन्। प्राकृतिक उपचार, दीर्घकालीन स्वास्थ्यलाभ र कम साइड इफेक्ट भएका कारण आयुर्वेदिक सेवा खोज्नेहरूको संख्या बढ्दै गएको छ। विशेषगरी दीर्घरोग, मल द्वार, जोर्नी दुखाइ, पाचन समस्या तथा तनाव व्यवस्थापनका सेवामा माग उल्लेख्य छ।
प्रश्न –सेवा विस्तारका क्रममा के–कस्ता चुनौती हरु देखा परे?
डा. यादवः–मानव संसाधन अभाव, जनस्तरमा अझै पनि पर्याप्त जानकारी नपुगेको अवस्था मुख्य चुनौती हुन्। साथै टाढा–टाढाका बस्तीमा सेवा पु–याउन जनशक्ति र साधनसामग्रीको आवश्यकता पर्छ ।
प्रश्न –आगामी दिनका योजनाहरु के–के छन् ?
डा. यादवः आयुर्वेद सेवालाई सबै स्थानीय तहसम्म विस्तार गर्ने, योग तथा प्राकृतिक उपचार केन्द्रहरूलाई प्रभावकारी बनाउने,जनचेतनामूलक कार्यक्रम अझ सशक्त रूपमा चलाउने योजना छ। साथै रोग रोकथाम केन्द्रित कार्यक्रमलाई विस्तार गर्दै जिल्लालाई ‘आयुर्वेद मैत्री जिल्ला’ बनाउने लक्ष्य राखिएको छ । मल द्रार समस्याका लागि छार सुत्र सेवा विधिबाट उपचार गर्ने । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेषज्ञ सहित अन्तरग सेवाको बिस्तार गर्ने आदि ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान