पौष ०९, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
पौष ९, बुधवार / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निरन्तर संघर्ष र पहलपछि किसानलाई वर्षौंदेखि हैरानी दिँदै आएको बाँदर नियन्त्रणका लागि नेपाल सरकार ठोस नीतिगत कार्यक्रम र कार्ययोजनासहित अघि बढ्ने भएको छ।
गत साउन ११ गतेदेखि १८ गतेसम्म काठमाडौंको माइतीघर मण्डलामा बाँसजन्य निर्माण सामग्री प्रवद्र्धनका लागि नीतिगत व्यवस्था तथा किसानका बालीमा क्षति पु-याउँदै आएको बाँदर नियन्त्रणको मागसहित नगरप्रमुख तीर्थराज भट्टराईले भोकहडतालसहित सत्याग्रह गर्नुभएको थियो। सोही आन्दोलनपछि सरकारसँग भएको सहमति अनुसार बाँदर नियन्त्रणलाई नीति बनाएर कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको हो।
नगरप्रमुख भट्टराईको मागअनुसार यसअघि नै नेपाल सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरिसकेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले ‘बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन–२०८२’ स्वीकृत गरिसक्नुभएको छ।
यसैबीच, पौष ९ गते सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बाँदर नियन्त्रणसम्बन्धी कार्यक्रम, कार्ययोजना तथा कार्यविधि तयारीका विषयमा महत्वपूर्ण अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ।
किसानले पसिना बगाएर लगाएको बाली क्षणभरमै नष्ट गर्ने बाँदर नियन्त्रणका लागि हालसम्म प्रभावकारी नीतिगत कार्यक्रम नहुँदा पहाडी बस्तीहरूबाट मानिस विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको थियो। स्थानीय तह र जनप्रतिनिधिसमक्ष किसानले बारम्बार गुनासो राख्दै आए पनि समाधानको उपाय नहुँदा जनप्रतिनिधि स्वयं आलोचनाको केन्द्र बन्न बाध्य थिए।
यिनै यथार्थतालाई मध्यनजर गर्दै नगरप्रमुख भट्टराईले दिक्तेलबाट सिधै राजधानी काठमाडौं पुगेर माइतीघर मण्डलामा आमरण अनशनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। सरकार उहाँमार्फत किसानका ज्वलन्त समस्या बुझ्न सफल भयो र समाधानका लागि प्रतिबद्धता जनाएको हो।
सो प्रतिबद्धता कार्यान्वयन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक प्रसाद खरालको अध्यक्षतामा सम्पन्न छलफलबाट बाँदर बन्ध्याकरण तथा नियन्त्रण कार्यक्रमलाई ठोस कार्ययोजनासहित सबैभन्दा पहिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नमूना कार्यक्रमका रूपमा लागू गर्ने निर्णय गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो।
नगरप्रमुख भट्टराईका अनुसार चालु आर्थिक वर्षका लागि मन्त्रालयमा १ करोड २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। तर कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न करिब ३ करोड रुपैयाँभन्दा बढी आवश्यक पर्ने भएकाले बाँकी बजेट नेपाल सरकारसँग माग गर्ने निर्णय भएको छ।
बाँदर नियन्त्रणका लागि मित्रराष्ट्र भारतबाट दक्ष जनशक्ति र आवश्यक उपकरण झिकाइनेछ। साथै पशु सेवा विभाग, वन विभाग तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्राविधिक प्रतिनिधिहरू समेत सहभागी गराइने मन्त्रालयले जनाएको छ।
विश्वमै नयाँ र प्रभावकारी प्रविधि प्रयोग गरिने भएकाले यस अभियानलाई नेपालको इतिहासमै महत्वपूर्ण र ऐतिहासिक अभियानका रूपमा दस्तावेजीकरण गरिने मन्त्रालय स्रोतको दाबी छ।
पौष महिनाको अन्तिम साताभित्र दक्ष प्राविधिक टोली दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पुगेर कार्यक्षेत्रमा काम सुरु गर्ने नगरप्रमुख भट्टराईले बताउनुभयो।
सचिव खरालको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा नगरप्रमुख तीर्थराज भट्टराई, मन्त्रालयका सहसचिवहरू डा. हरिबहादुर केसी र डा. पशुपति ढुंगाना, पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारी, सम्बन्धित विभागका विज्ञ तथा विशेषज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा बाँदर नियन्त्रण अभियन्ता शान्तिराम राई, नगरपालिकाका कृषि अधिकृत तेजप्रकाश जैशी लगायतको उपस्थिति रहेको थियो।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान