माघ ०४, २०८२ , Khotang
नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका लागि गरिएको लामो ऐतिहासिक संघर्षको दस्तावेज हो। लोकतन्त्रवादीहरूको दर्विलो छहारी हो । काग्रेस पार्टीको वैचारिक आत्मा जननायक विश्वेश्वरप्रसाद कोइराला हुन् । जसले राजनीतिलाई सत्ता प्राप्तिको साधन मात्र होइन, मान्छेको जीवन, सम्मान र चेतनासँग जोडिएको मूल्यवान् अभ्यासको रूपमा परिभाषित गर्नुभयो। आज हामी उहाँको नाम आदरका साथ लिन्छौ, तर उहाँले देखाएको बाटोमा कति दृढताका साथ हिँडिरहेका छौ भन्ने प्रश्नले हामी सबैलाई गम्भीर आत्मसमीक्षातर्फ डोर्याउन आवश्यक छ ।
आज नेपाली कांग्रेस इतिहासको एउटा संवेदनशील मोडमा उभिएको छ। देशको लोकतन्त्र कमजोर हुदा, निराशा र वितृष्णा बढ्दै जादा, नागरिकले कांग्रेसबाट फेरि आशा गरेका छन्। तर यही बेला पार्टीभित्र असमझदारी, अविश्वास र विभाजनका आवाजहरू चर्किदै जानु गम्भीर चिन्ताको विषय बनेको छ। असहमति हुनु कांग्रेसको स्वभाव हो । किनकि विचारको विविधता नै काग्रेसको शक्ति हो। तर असहमति जब कटुता, असहिष्णुता र गालीगलौजमा बदलिन्छ तब त्यो शक्ति कमजोरीमा रूपान्तरण हुन्छ । अहिले बजारमा नया शक्तिको उदय र प्रतिस्थापनले कार्यकर्तामा दर्विलो विश्वास र भरोसा बढाउन जरूरी छ । भावनात्मक एकता र सद्भावपूर्ण गतिशीलता आजको आवश्यकता हो ।
हाम्रा अग्रज नेता, वर्तमान नेतृत्व, पूर्वपदाधिकारी, युवा नेता, भ्रातृसंस्थाका साथीहरू, गाउ–टोलका साधारण पार्टी कार्यकर्ता– विगतमा कहीँ न कही चुकेका छौँ । विशेषतः हामी जिम्मेवारी लिने अगुवाबाट नै कमजोरी भएको छ । गाउँका निश्वार्थ पार्टीका शुभेच्छुकलाई दोषारोपण गर्नु गम्भीर कमजोरी ठहरिने छ । त्यसैले कसैले निर्णय प्रकृयामा , कसैले व्यवहारमा, कसैले बोलीमा त कसैले मौनतामा कमजोरी गरेका छौ । यी मानवीय कमजोरीहरू स्वीकार गर्नु पराजय होइन, बरु राजनीतिक परिपक्कताको प्रतिक हो । एक कदम पछाडि हटेर आत्मसमीक्षा गर्न सक्नु नै दुई कदम अघि बढेर एकताको बाटो समात्ने आधार बन्न सक्दछ । दोषारोपणले क्षणिक सन्तुष्टि होला तर स्वीकारोक्तिले मात्र दीर्घकालीन समाधान दिन्छ। मेरो आत्मा विश्वास र दृढ निष्चय हो यो ।
हाम्रा आदरणीय अग्रज नेताहरूले जेल, निर्वासन, यातना र अभावका बीच नेपाली कांग्रेसलाई आजको उचाइमा पु¥याउनुभएको योगदान इतिहासको अमूल्य सम्पत्ति हो। उहाहरूप्रति सम्मान, कृतज्ञता र सद्भाव राख्नु कुनै गुटको विषय होइन, यो कांग्रेसको संस्कार हो। त्यस्तै नयाँ पुस्ताका साथीहरूले उठाएका प्रश्न, असन्तुष्टि र आकांक्षालाई सुन्नु, बुझ्नु र मार्गदर्शन गर्नु पनि नेतृत्वको जिम्मेवारी हो। पुस्ताबीच दूरी होइन, संवाद आवश्यक छ। अनुभव र ऊर्जा एकै ठाउँमा जोडिन सक्यो भने मात्रै कांग्रेस भविष्यतर्फ दृढताका साथ अघि बढ्न सक्छ ।
आजको कांग्रेसलाई आत्मसमिक्षा चाहिएको छ । गुटका आँखाले होइन, संगठनका आखाले हेर्ने साहस आवश्यक छ । पद र प्रतिष्ठाभन्दा नीति, विचार र सिद्धान्तलाई प्राथमिकता दिने संकल्प चाहिएको छ । व्यक्तिको जित–हारभन्दा पार्टीको दीर्घकालीन भविष्यलाई केन्द्रमा राख्ने विवेक आवश्यक छ । सामाजिक सञ्जाल, सार्वजनिक मञ्च तथा व्यवहारिक जीवनमा प्रयोग हुने भाषा कांग्रेसको इतिहास, गरिमा र अनुशासनअनुकूल हुनुपर्छ । विश्लेषणात्मक आलोचना गरौँ तर मर्यादित र वष्तुनिष्ठ गरौ । असहमति राखौ तर सम्मानित र मर्यादित भाषामा राखौ । कटु वाणीले होइन, धैर्य र सहिष्णुताले संगठन बलियो बन्छ ।
नेपाली कांग्रेसको शक्ति यसको समावेशी चरित्र हो । हिमाल, पहाड र तराई–मधेश , महिला, दलित, आदिवासी, मधेसी, युवा, किसान, मजदुर, बुद्धिजीवी सबैलाई वर्ग र समुदायलाई समेट्ने चरित्र नै कांग्रेसको मूल आत्मा हो । समावेशी भावनालाई कमजोर बनाउने कुनै पनि प्रवृत्तिले अन्ततः पार्टी मात्र होइन, लोकतन्त्रलाई नै क्षति पु¥याउछ। त्यसैले आज आवश्यकता छ–विभाजनका रेखा मेटेर भावनात्मक एकताको हात बढाउने ।
भर्खरै भएको विशेष महाधिवेश पक्षधर र वैचारिक मतभिन्नता राख्ने केन्द्रीय तहदेखि गाउ तहसम्मका हामी सबैले संवैधानिक निकाय निर्वाचन आयोगको निर्णय स्वीकार्दै पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा अघि बढ्नुको विकल्प छैन । सो निर्णय कतिपय हामीलाई चित्त नबुझेको हुन सक्तछ । मनमा पीडावोध र अस्वीकारोक्तिका भावहरू छचल्किन सक्छन् । तर लोकतन्त्रको रक्षा र अग्रजको वलीदानलाई सम्मान गर्दै चारतारे झण्डा र रूखमा गोलवद्ध हुन अपरिहार्य छ । भदौ २३–२४ गतेको जेन्जी आन्दोलनले उठाएको मुद्दा र कार्यदिशा नै विशेष महाधिवेशनले निर्दिष्ट गरेको विचार हो । वदलिएको काग्रेसको चरित्र र नयकका पुस्ताको भावना नजोड्ने हो भने लोकतन्त्र समाप्त हुनेछ । लोकतन्त्र नै नरहे नेपाली काग्रेस त रहने कुरै भएन ।
यो अपील कुनै व्यक्ति, समूह वा धारविरुद्ध लक्षित छैन। कसैलाई दोषी ठहराउन होइन, सबैलाई जिम्मेवार बनाउनका लागि हो। यो अनुरोध नेतृत्व तहका लागि मात्र होइन हरेक साधारण कार्यकर्ताका लागि पनि हो । यो अपील पार्टी पंक्तिलाई मात्र होइन तमाम लोकतन्त्रवादी र शुभेच्छुक–शुभचिन्तकलाई पनि हो । जसले झोला बोकेर उकाली ओराली गरे । चारतारे झण्डा उठाएर घाम –पानी नभनी कांग्रेस जोगाइराखेका छन् ती तमाम निष्ठावान साथीहरूलाई हो । आजको दिनमा तपाईं हाम्रो धैर्यता, निष्ठा र समर्पण नै कांग्रेसको वास्तविक शक्ति हो ।
अब समय आएको छ–आलोचना होइन, प्रेमको वर्षा गर्ने। द्वेष होइन सद्भाव फैलाउने। अहंकार होइन विनम्रता रोज्ने। वीपी कोइरालाको आदर्शलाई भाषण र नारामा सीमित नराखी व्यवहारमा उतार्ने। मेलमिलापलाई कमजोरी होइन शक्तिको रूपमा विकास गर्ने ।
आजको आवश्यकता स्पष्ट छ–अधिकतम एकता र सहिष्णुता । एकतावद्ध र सुसंगठित नेपाली कांग्रेसबाट मात्र बलियो लोकतन्त्र, उत्तरदायी राजनीति र समृद्ध राष्ट्र निर्माण सम्भव छ । अब सबैले प्रतिवद्धता गरेर व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर साझा लक्ष्यका लागि जुटौँ। यही हाम्रो ऐतिहासिक दायित्व हो । हिजोका कमिकमजोरीलाई तिलान्जली दिऔ । यही नै भावी पुस्ताप्रतिको हाम्रो उत्तरदायित्व हो । यी भावलाई व्यवहारिक जीवनमा उतार्न सक्यौभने मात्रै वीपी कोइरालाप्रति साँचो सम्मान हुनेछ ।
(स्तम्भकार–नेपाली कांग्रेस खोटाङका उपसभापति हुन)
हलेसीन्युजडेस्क, खोटाङ / माघ २५, आइतवार खोटाङको साकेला गाउापालिकाद्धारा सञ्चालित...
हलेसीन्युजडेस्क, खोटाङ/ माघ २५, आइतवार / साकेला गाउँपालिकाका अध्यक्ष रवि...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान