पौष ११, २०८२ , Kathmandu,Nepal
हलेसीन्युजडेस्क, खोटाङ /
पौष ११, शुक्रवार / प्लाष्टिकजन्य फोहोरका कारण वातावरणमा परिरहेको असर न्यूनीकरण गर्ने उद्देश्यले वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सभाहलमा पौष ११ गते शुक्रवार एक वृहत छलफल कार्यक्रम सम्पन्न भएको छ । केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा न्यूनीकरणका लागि दीर्घकालीन रणनीति र आगामी मार्गचित्र निर्माणबारे गहिरो छलफल गरिएको हो ।
वातावरण विभागको अग्रसरतामा आयोजना गरिएको छलफल कार्यक्रममा वातावरण विकास, उद्योग विकास, सहरी विकास तथा भवन निर्माण विकास, खानेपानी तथा ढल व्यवस्थापन विकाससँग सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूको सहभागितामा पुनः अर्को बैठक बस्ने निर्णय भएको थियो । पछि बस्ने बैठकमा स्थानीय तहअन्तर्गतका उद्योगसँग सम्बन्धित संघ–संस्था, निजी क्षेत्र, गैरसरकारी संघ–संस्था तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिहरूले छलफलमा सहभागिता जनाउनेभएका छन् ।
छलफलमा प्लाष्टिक प्रयोग न्यूनीकरण, पुनः प्रयोग तथा पुनः प्रशोधन (रिसाइकल) प्रवद्र्धन, स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउने, जनचेतना अभिवृद्धि गर्ने तथा नीति–नियम कार्यान्वयनलाई थप सुदृढ बनाउने विषयमा रणनीति बनाउनका लागि आ–आफ्ना धारणा राखेका थिए । साथै, प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय तहमा प्लाष्टिक फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि केन्द्र र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । यस्तै, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्लाष्टिकजन्य फोहोर न्यूनीकरणका लागि व्यवहारिक र कार्यान्वयनयोग्य नीति तथा कार्ययोजना तयार गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
छलफल कार्यक्रममा वातावरण विभागका सिडिके दिपक ज्ञवालीलगायत विभिन्न विज्ञहरूले प्लाष्टिक फोहोर न्यूनिकरणका लागि नवीन उपाय, प्रविधि प्रयोग र जनसहभागितामूलक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
छलफलबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा प्लाष्टिकजन्य फोहोर न्यूनीकरणका लागि आगामी दिनमा ठोस मार्गचित्र तयार पार्ने वातावरण विभागले जनाएको छ ।
बन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको महानिर्देशक डा. राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी,वातावरण विभागका सिडिके दिपक ज्ञवाली लगायत सराकारवालाहरुको उपस्थिति रहेको थियो ।
वातावरण विभागले समन्वय गरेर छिट्टै नै सबै पक्षसँगको बैठक बोलाएर कार्यान्वयनमा जाने नगर प्रमुख भट्टराईले बताउनुभयो । नगर प्रमुख भट्टराईले आमरण अनसनका क्रममा फ्लाष्टिक व्यवस्थापनको मुद्दा पनि जोडदार रूपमा उठाउनु भएको थियो ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान