कार्तिक २३, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ ।
कात्तिक २३ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस खोटाङका उपसभापति तीर्थराज भट्टराईले नेपाली काँग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका प्रमुख एवं काँग्रेस केन्द्रीय सदस्य कल्याण कुमार गुरुङलाई खुला पत्रमार्फत स्वदेशी उत्पादनको प्रवद्र्धन, जलवायु परिवर्तन नियन्त्रण तथा वातावरण संरक्षणसँग सम्बन्धित नीतिगत काममा सक्रियता देखाउन आग्रह गर्नुभएको छ ।
मुलुक कै राजधानीदेखि ग्रामीण भूभागसम्म प्रदूषण, जलवायु असन्तुलन र प्लास्टिकजन्य फोहोरका कारण मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर परिरहेको उल्लेख गर्दै भट्टराईले कात्ति २२ गते खुला पत्रमार्फत काँग्रेस नेतृत्व र सम्बन्धित विभाग मौन तथा निष्क्रिय रहेको आरोप लगाउनुभयो ।
“वातावरणको सवाल केवल भाषण वा कागजी प्रतिवेदनले सिद्दिँदैन, व्यवहारिक कार्यान्वयन र नेतृत्वकर्ताबाट उदाहरण आवश्यक छ, —“भट्टराईले पत्रमा उल्लेख गर्नुभएको छ ।
उहाँले हाल काठमाडौंमा निरन्तर बसेको काँग्रेस केन्द्रीय समितिको बैठकमा वातावरण विभागले स्पष्ट धारणा, योजना र प्रस्ताव अघि नल्याउनु कमजोर नेतृत्वको संकेत भएको टिप्पणी गर्नुभएको छ ।
नगरप्रमुख भट्टराईले २०८२ साउनमा माइतीघर मण्डलामा स्वदेशी उत्पादन र हरित नीतिका मागसहित आमरण अनशन बसेको प्रसंग उल्लेख गर्दै त्यसबेला सरकारले गरेको १६ बुँदे सहमति कार्यान्वयनमा विभागले कुनै पहल नगरेको प्रश्न उठाउनुभएको छ ।
उहाँको भनाइमा, “पार्टी कार्यालयदेखि सरकारी भवनसम्म वातावरणमैत्री संरचना निर्माण, स्वदेशी सामग्रीको प्राथमिकता, प्लास्टिक र सिसाजन्य उत्पादनको न्युनिकरण तथा वन्यजन्तुका कारण कृषक सुरक्षित हुने नीतिगत व्यवस्था बनाउन विभागले निर्णयात्मक भूमिका खेल्न आवश्यक छ ।”
यदि विभागले व्यवहारिक कदम चाल्न नसक्ने हो भने नैतिक जिम्मेवारीसहित विभाग प्रमुख गुरुङले राजीनामा दिनुपर्ने भट्टराईको आग्रह छ ।
खुला पत्रमा उहाँले लेख्नुभएको छ,—“यो केवल व्यक्तिगत माग होइन । यो देशको भविष्य, वातावरणीय जोखिम र नागरिकको स्वास्थ्यको सवाल हो । नेतृत्वले भाषणबाट होइन, आफ्नै व्यवहार र निर्णयबाट दृष्टान्त दिनुपर्छ ।”
पत्रको अन्त्यमा भट्टराईले स्वदेशी उत्पादन, हरित कार्यालय र दिगो विकासतर्फ काँग्रेस पार्टी अग्रसर बन्नुपर्नेमा जोड दिँदै विभागले चाँडो प्रभावकारी कार्ययोजना अघि ल्याउनु पर्ने निष्कर्ष निकाल्नुभएको छ ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान