मंसिर ०४, २०८२ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
मंसिर ३ / खोटाङको सदरमुकाम दिक्तेल बजारका विभिन्न स्थानमा आत्महत्या न्युनिकरण तथा मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यसहित ‘शून्यदेखि शिखरसम्म’ शिर्षकको सडक नाटक निरन्तर प्रदर्शन भइरहेको छ । ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रको आयोजनामा प्रदर्शन भैरहेको यो नाटकले विद्यालय, सार्वजनिक स्थलदेखि समुदायका विविध समूहसम्म स्थानीय दर्शकहरुको उल्लेख्य रुचि, उत्साह र सहभागिता बटुल्न सफल भएको छ ।




कार्यक्रम संयोजक सन्जय कुमार राईका अनुसार नाटक मंसिर ३ गते, बालाचतुर्दशीको अवसरमा विधिवत् शुभारम्भ गरिएको हो । शुभारम्भसँगै दिक्तेल बजारको मुख्य भागमा प्रारम्भिक प्रस्तुति दिइएपछि नाटकले क्रमशः विभिन्न शैक्षिक संस्था र सार्वजनिक स्थानहरुमा दर्शकको मन जित्दै आएको छ ।
मंसिर ४ गते विहीवार नाटक सरस्वती मावि दिक्तेलमा बिहान ११ बजे, माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा दिउँसो १ बजे तथा पञ्च मावि दिक्तेलमा दिउँसो ३ बजे प्रदर्शन सम्पन्न गरिएको आयोजकले जनाएको छ । त्यस्तै, मंसिर ५ गते दिक्तेल बहुमुखी क्याम्पसमा बिहान ७ः३० बजे, जिल्ला समन्वय समिति कार्यालय अगाडि दिउँसो ११ बजे र दिक्तेल बोर्डिङ स्कुलमा दिउँसो १ बजे नाटक प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थाहा भएकोछ । अभियानको अन्तिम दिन मंसिर ६ गते दिक्तेल हाटडाँडामा बिहान ७ बजे अन्तिम प्रस्तुति हुनेछ ।
सडक नाटकमार्फत विद्यालयमा हुने मानसिक दबाब, पारिवारिक चुनौती, सामाजिक समस्या, तनाव व्यवस्थापन तथा आत्महत्याका सम्भावित कारणजस्ता संवेदनशील विषयहरूलाई सरल भाषामा प्रभावकारी ढंगले प्रस्तुत गरिँदै आएको आयोजकले बताएको छ । नाटकले समुदायलाई प्रत्यक्ष भेटेर मानसिक स्वास्थ्यका चुनौती, आत्महत्या रोकथामका उपाय तथा भावनालाई स्वस्थ रूपमा व्यवस्थापन गर्ने कौशल सिकाउने प्रयास गरेको छ ।
ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रका अनुसार कार्यक्रमको मुख्य उद्देश्य समुदायमा सकारात्मक सोच, ध्यान, संवाद र मानसिक सन्तुलन कायम गर्न सहयोग पु¥याउनु हो । ‘समस्या लुकाउने होइन, सुनाउने हो’ भन्ने मूल सन्देशलाई केन्द्रमा राख्दै नाटकले समस्या बोलेर समाधान खोज्न प्रेरित गर्ने गरेको निर्देशक सुजन आचार्यले बताउनुभयो ।
‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको लेखन तथा निर्देशन कलाकार सुजन आचार्यले गरेका हुन्। कलाकार टोलीमा सन्तोस गिरी, सुनिल गिरी, आकृति भुजेल, सोनामहाङ राई, ललिजन राई, गुरास आचार्य, मनसुना आचार्य, कमल पाण्डे, शुशिल भट्टराई, मनिसा कट्वाल, भिषण कार्की, सन्जिव राई, मनिष कठेत लगायतको सहभागिता रहेको छ ।
समुदायमै पुगेर जनचेतना फैलाउने यो नाट्य अभियानले दिक्तेलमा मानसिक स्वास्थ्यसम्बन्धि संवादलाई थप बलियो बनाएको छ ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान