असार १६, २०८३ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ ।
असार १६, मंगलवार / खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत खोप लगाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले सरकारद्धारा निःशुल्क उपलब्ध गराइदै आएको सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि जिल्लालाई मंगलबार औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो ।


जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा यो घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित रूपमा प्रदान गरिने १३ प्रकारका खोप लक्षित उमेर समूहका सबै बालबालिकाले समयमै प्राप्त गरेको पुष्टि भएपछि खोटाङले पूर्ण खोप सुनिश्चितताको राष्ट्रिय मापदण्ड पूरा गरेको हो । स्वास्थ्य संस्थाबाट सङ्कलित तथ्याङ्क, वडा तथा स्थानीय तहबाट गरिएको प्रमाणीकरण र स्थलगत अनुगमनका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कुलप्रसाद पौडेलका अनुसार ११ महिनासम्मका १ हजार ४९९, १२ देखि १५ महिनासम्मका ६५३, १६ देखि २३ महिनासम्मका १ हजार २६८, २४ देखि ५९ महिनासम्मका ५ हजार २१७ तथा १६ देखि ५९ महिनासम्मका कुल ६ हजार ४७८ जना बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आवश्यक सबै खोप पूरा गरेका छन्। सबै विवरणको प्रमाणीकरण सम्पन्न भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।
दश स्थानीय तह रहेको खोटाङमा वडा तहबाट सुरु गरिएको पूर्ण खोप सुनिश्चितता अभियान क्रमशः सबै पालिकामा सफलतापूर्वक सम्पन्न भएपछि जिल्लास्तरीय घोषणा सम्भव भएको हो । यस उपलब्धिका पछाडि स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायबीचको प्रभावकारी समन्वय र सक्रिय सहभागिता रहेको स्वास्थ्य कार्यालयको भनाइ छ ।
घोषणासँगै आगामी दिनमा पनि खोप लगाउनुपर्ने उमेर समूहका कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने सुनिश्चित गर्दै नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउने र पूर्ण खोप सुनिश्चितताको अवस्थालाई दीगो रूपमा कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सोही अवसरमा सम्बन्धित निकायका प्रतिनिधिहरूले प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
कार्यक्रममा अभियानलाई सफल बनाउन उल्लेखनीय योगदान पु¥याएका जिल्लाका सबै १० स्थानीय तह तथा स्वास्थ्यकर्मीलाई जिल्ला खोप समन्वय समितिले प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कडेल, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, स्थानीय तहका स्वास्थ्य शाखा संयोजक, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणासँगै खोटाङले बालस्वास्थ्य संरक्षण, रोगको रोकथाम तथा स्वस्थ भविष्य निर्माणतर्फ अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको स्वास्थ्य क्षेत्रका सरोकारवालाले बताएका छन् ।
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान...
बाँदर आतंक न्युनिकरणका लागि रु.४५ लाख बजेट विनियोजन हलेसीन्युजडेस्क, खोटाङ...
९९ करोडभन्दा बढीको बजेट प्रस्तुतः बाँदर आतंक नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ ५, शुक्रवार । खोटाङको दिक्तेलस्थित सरस्वती...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान