असार ०४, २०८३ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ ।
आषाढ ४, विहीवार । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, खोटाङको आयोजनामा “नसर्ने रोग नियन्त्रणका लागि नागरिक आरोग्य अभियान तथा समन्वय“ विषयक जनचेतनामूलक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पछिल्लो समय बढ्दो मधुमृह, उच्च रक्तचाप, मुटुरोग र क्यान्सर जस्ता नसर्ने रोगप्रति नागरिकहरुलाई सचेत गराउने उद्धेश्यले आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित श्री पञ्च माध्यमिक विद्यालय, दिक्तेल मा विध्यार्थीहरुवीच जनचेतनामूलक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थी तथा समुदायमा नसर्ने रोगबारे सचेतना फैलाउनु, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु तथा विद्यालय तहबाटै स्वास्थ्यसम्बन्धि सकारात्मक सोचको विकास गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सर लगायतका नसर्ने रोगका कारण, जोखिम, रोकथामका उपाय, नियमित व्यायाम, सन्तुलित आहार, योग, ध्यान तथा आयुर्वेदिक जीवनशैलीको महत्वबारे प्रभावशाली विचार प्रस्तुत गरेका थिए । उनीहरूले अस्वस्थ खानपान, धूम्रपान, मदिरा सेवन, शारीरिक निष्क्रियता र मानसिक तनावका कारण नसर्ने रोग बढ्दै गएको उल्लेख गर्दै समयमै सचेत भई स्वस्थ जीवनशैली अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका थिए ।
प्रतियोगितामा चम्पावती माध्यमिक विद्यालय, विजयखर्ककी छात्रा रनिसा खनाल प्रथम, श्री माध्यमिक विद्यालय, मझुवा बास्बोटे–लफुयाङकी छात्रा कविता श्रेष्ठ द्वितीय तथा सरस्वती माध्यमिक विद्यालय, दिक्तेलकी छात्रा नम्रता दाहाल तृतीय हुन सफल भएका छन्।
उत्कृष्ट प्रदर्शन गर्ने विजेताहरूलाई क्रमशः प्रथम पुरस्कार रु. ८ हजार द्वितीय पुरस्कार रु. ५ हजार र तृतीय पुरस्कार रु. ३ हजार नगदसहित सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरणपछि विजेता विद्यार्थीहरूलाई आगामी दिनमा पनि यस्ता रचनात्मक तथा जनचेतनामूलक कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको थियो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वक्तृत्वकला विकास हुनुका साथै स्वास्थ्यप्रति जिम्मेवार बन्ने भावना जागृत गर्ने विश्वास व्यक्त गरेका थिए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, खोटाङले आगामी दिनमा पनि विद्यालय तथा समुदाय केन्द्रित यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै नसर्ने रोग नियन्त्रणका लागि नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने जनाएको छ । विद्यालय तहबाट सुरु गरिएको यस्तो अभियानले विद्यार्थीमार्फत परिवार र समुदायसम्म स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।
स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने सन्देश प्रवाह गर्दै सम्पन्न भएको यस कार्यक्रमले विद्यार्थीहरूमा जनस्वास्थ्यप्रतिको जिम्मेवारी, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्नुका साथै नसर्ने रोग नियन्त्रणमा सामूहिक प्रयासको आवश्यकता औँल्याएको सहभागीहरूको भनाइ रहेको थियो ।
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान...
बाँदर आतंक न्युनिकरणका लागि रु.४५ लाख बजेट विनियोजन हलेसीन्युजडेस्क, खोटाङ...
९९ करोडभन्दा बढीको बजेट प्रस्तुतः बाँदर आतंक नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान