असार ०६, २०८३ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ ।
आषाढ ५, शनिवार । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा खोटाङमा सप्ताहव्यापी जनचेतनामूलक अभियान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला प्रशासन कार्यालय खोटाङको संयुक्त आयोजनामा प्रभातफेरी, सचेतनामूलक ¥याली तथा हस्ताक्षर संकलन कार्यक्रममार्फत आजदेखि अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।


.jpg)


प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकी, सशस्त्र प्रहरी बल नेपाल नम्बर-७ गुल्म खोटाङका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र न्यौपाने, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक-शिक्षिका, विद्यार्थी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
अभियानअन्तर्गत दिक्तेल बजार क्षेत्रमा प्रभातफेरी तथा सचेतनामूलक ¥याली निकालिएको थियो । सहभागीहरूले “लागुऔषध त्यागौँ, स्वस्थ समाज बनाऔँ, “लागुऔषधलाई होइन, जीवनलाई रोजौँ” लगायतका सन्देश अंकित प्लेकार्ड र ब्यानर प्रदर्शन गर्दै बजार परिक्रमा गरेका थिए । त्यसपछि आयोजित हस्ताक्षर संकलन कार्यक्रममा सहभागीहरूले लागुऔषधमुक्त समाज निर्माणका लागि ऐक्यबद्धता जनाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले पछिल्ला वर्षहरूमा विशेषगरी किशोर–किशोरी र युवापुस्तामाझ लागुऔषध दुव्र्यसन गम्भिर सामाजिक चुनौतीका रूपमा बढ्दै गएको बताएका थिए। लागुऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा सामाजिक, आर्थिक, मानसिक तथा स्वास्थ्यसम्बन्धी दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले यसको रोकथामका लागि व्यापक जनचेतना आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
उनीहरूले लागुऔषध नियन्त्रण सुरक्षा निकायको मात्र जिम्मेवारी नभई अभिभावक, विद्यालय, स्थानीय तह, सामाजिक संघसंस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएकोमा जोड दिएका थिए। युवालाई सिर्जनात्मक, उत्पादनमुखी र सकारात्मक गतिविधितर्फ आकर्षित गर्दै लागुऔषध दुर्व्यसनबाट जोगाउन सबै सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको उनीहरूको धारणा थियो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार सप्ताहव्यापी अभियानअन्तर्गत जिल्लाका विभिन्न विद्यालय, समुदाय तथा स्थानीय तहमा लागुऔषध दुव्र्यसनविरुद्ध अभिमुखीकरण, अन्तरक्रिया, सचेतनामूलक कक्षा, ¥याली, छलफल तथा विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। अभियानले विशेषगरी किशोर/किशोरी तथा युवालाई लागुऔषधका दुष्परिणामबारे सचेत गराउँदै लागुऔषधमुक्त समाज निर्माणमा सकारात्मक योगदान पु-याउने विश्वास गरिएको छ ।
हरेक वर्ष जुन २६ का दिन विश्वभर मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसलाई लक्षित गरी सञ्चालन गरिएको यो सप्ताहव्यापी अभियानले खोटाङमा लागुऔषधविरुद्ध सामूहिक अभियानलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, सभ्य र लागुऔषधमुक्त समाज निर्माणमा सबै नागरिकलाई एकजुट हुन प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान...
बाँदर आतंक न्युनिकरणका लागि रु.४५ लाख बजेट विनियोजन हलेसीन्युजडेस्क, खोटाङ...
९९ करोडभन्दा बढीको बजेट प्रस्तुतः बाँदर आतंक नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ ५, शुक्रवार । खोटाङको दिक्तेलस्थित सरस्वती...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान