असार ०५, २०८३ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ ।
आषाढ ५, शुक्रवार । खोटाङको दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय अन्तर्गतको सरस्वती स्काउट ट्रुपले नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै मझुवा कालिका देवीस्थान परिसरमा सरसफाइ, फूलबारी निर्माण तथा गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्काउटको ७५ औँ स्थापना दिवसको अवसरमा सरस्वती माध्यमिक विद्यालय अन्तर्गतको सरस्वती स्काउट ट्रुपले आज दिक्तेल हाटडाँडा प्रवेशद्धारदेखि मझुवाकालिका देविथान परिसर रोपिएका फूलहरु गोडमेल तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।



विद्यालयका प्रअ शिवहरी ढकालका अनुसार स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी समाज र वातावरणसँग जोड्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्काउटका विद्यार्थी, शिक्षक, विद्यालय परिवार, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा समुदायका विभिन्न व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सहभागीहरूले सामूहिक श्रमदानमार्फत देवीस्थान परिसरको सरसफाइ गर्नुका साथै फूलबारी निर्माण, बिरुवा गोडमेल तथा परिसरलाई थप स्वच्छ, हराभरा र आकर्षक बनाउने कार्य गरेका थिए । धार्मिक तथा सार्वजनिक स्थलको संरक्षणसँगै वातावरणीय स्वच्छता प्रवद्र्धनमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरुको विश्वास छ ।
कार्यक्रमका क्रममा स्काउटका विद्यार्थीहरूले स्वयंसेवाको भावना, सामाजिक उत्तरदायित्व तथा सार्वजनिक सम्पत्तिको संरक्षण सबै नागरिकको साझा दायित्व भएको सन्देशसमेत दिएका छन् । उनीहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तनका लागि युवाहरूको भूमिका महत्वपूर्ण रहेको सन्देश प्रवाह गरेको बताइन्छ ।
प्रअ ढकालले यस्ता गतिविधिले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सामाजिक सेवाको भावना, वातावरण संरक्षणप्रतिको जिम्मेवारी तथा सामूहिक रूपमा काम गर्ने संस्कारको विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि स्काउटमार्फत यस्ता रचनात्मक तथा समाजोपयोगी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
नेपाल स्काउटले स्थापना कालदेखि नै रक्तदान जस्ता मानव सेवामूलक कार्यक्रममन अतिरिक्त अनुशासन, नेतृत्व विकास, स्वयंसेवा, वातावरण संरक्षण तथा सामाजिक सेवाका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ ।
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान...
बाँदर आतंक न्युनिकरणका लागि रु.४५ लाख बजेट विनियोजन हलेसीन्युजडेस्क, खोटाङ...
९९ करोडभन्दा बढीको बजेट प्रस्तुतः बाँदर आतंक नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान